• जीवनशैली | Jiwanshaili
  • कस्तो रहला आज देशभरको मौसम


    मंसिर १७ गते (बुधबार)

    हाल पूर्वी पहाडी भूभागका केही स्थानहरूमा आंशिक बदली रहि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

    आज दिउँसो बागमती र प्रदेश नं १ का पहाडी भूभागमा आंशिक बदली रहि बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

    राती भने गण्डकी, बाग्मती र प्रदेश नं १ का पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहि बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

    देशका धेरै स्थानहरुको वायुको तापक्रममा गिरावट आउनुको साथै तराई भूभागमा बिहानीपख वायुको पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।


    क्याटेगोरी : समाज

    प्रतिक्रिया दिनुहोस