• जीवनशैली | Jiwanshaili
  • आज यी दुई प्रदेशमा वर्षाको सम्भावना


    मंसिर २० गते (शनिबार)

    आज दिउँसो देशका पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रहि बाँकी स्थानहरुमा आंशिक बदली रहनेछ। प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना छ ।

    यस्तै, राती भने प्रदेश १ तथा बाँकी प्रदेशका पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रहि बाँकी स्थानहरुमा आंशिक बदली रहनेछ । प्रदेश नं १ र बागमती प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा छिटपुट वर्षाको सम्भावना छ ।

    हाल भारतको पूर्वी उत्तर प्रदेश र बिहारको आसपासमा न्युन चापिय प्रणाली बनेको छ ।

    हाल देशका पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ र बाँकी स्थानहरुमा मौसम सामान्यतय सफा रहेको छ ।


    क्याटेगोरी : समाज

    प्रतिक्रिया दिनुहोस