• जीवनशैली | Jiwanshaili
  • आज यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना


    मंसिर २२ गते (सोमबार)

    आज दिउँसो प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली तथा प्रदेश २ र प्रदेश ५ मा आंशिक बदली रहि बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ को पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

    यस्तै, राती भने प्रदेश नं १ तथा बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रहि प्रदेश नं २ र लुम्बीनी प्रदेशमा आंशिक बदली रहनेछ भने बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ का पहाडी भूभागका १-२ स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।


    क्याटेगोरी : समाज

    प्रतिक्रिया दिनुहोस