• जीवनशैली | Jiwanshaili
  • पुरुषमा हुने स्तन क्यान्सरको लक्षण र पहिचान


    सामान्यतया स्तन क्यान्सरको खतरा महिलालाई मात्र हुने गरेको सुनिन्छ । तर महिलालाई बढी हुने भएपनि पुरुषलाई पनि स्तन क्यान्सरको खतरा उत्तिकै हुन्छ । अमेरिकी क्यान्सर सोसाइटीले सन् २००० मा १ हजार ७ सय २० पुरुषमा स्तन क्यान्सर पत्ता लगाएको थियो । पुरुषले स्तन परीक्षण गर्न आवश्यक नठान्ने, लाज मान्ने वा पुरुषमा पनि स्तन क्यान्सर हुन सक्छ भन्ने जानकारी नहुनाले अन्तिम अवस्थामा यस रोगको परीक्षण गर्छन् । त्यसकारण मृत्युदर उच्च हुन्छ ।

    ६० देखि ७० वर्षका पुरुषहरू स्तन क्यान्सरको जोखिम समूहमा पर्छन् । कारण, लक्षण, उपचार तथा रोकथाम महिलाको स्तन क्यान्सरसँग मिल्दोजुल्दो हुन्छ । अन्य क्यान्सरजस्तै स्तन क्यान्सर पनि नेपाली महिलाहरूलाई चुनौतीको विषय बनेको छ । नेपाल क्यान्सर सोसाइटीका अनुसार युवती तथा प्रौढ महिलालाई हुने क्यान्सरमध्ये ६० प्रतिशत स्तन क्यान्सर हुन्छ ।

    पुरुषमा हुने स्तन क्यान्सर महिलाको भन्दा धेरै जटिल हुन्छ । सामान्यतया उमेर धेरै भएका व्यक्तिहरुलाई यसको बढी खतरा हुन्छ । पुरुषको वक्षस्थलमा मासु धेरै हुँदैन यसकारण ब्रेस्टको ट्युमर सहजै पत्ता लगाउन सकिन्छ ।

    पुरुषमा सबैभन्दा धेरै डक्टल कर्सीनोमा ट्युमर हुने गर्छ । पुरुषका केही कुराहरुले स्तन क्यान्सरको खतरालाई बढाउँछ । ब्रेस्ट क्यान्सरबाट बच्न पुरुषले सावधानी अपनाउन जरुरी छ ।

    कलेजोको बिरामी भएका पुरुषलाई स्तन क्यान्सर हुने खतरा धेरै हुन्छ । जुन पुरुषमा बिआरसिए जीन वा क्लिन सेल्टर सिन्ड्रोम हुन्छ उनीहरुमा स्तन क्यान्सर हुने सम्भावना अत्यन्त उच्च हुन्छ ।

    यो बाहेक फ्याटी लिभर र लिभर सिरोसिसको लामो समयसम्म उपचार नगरे स्तन क्यान्सर हुन सक्छ ।

    १. रेडियसनको सम्पर्कमा आउँदा

    कतिपय रोगहरुको उपचार गर्दा रेडियसन थेरापीको प्रयोग गरिन्छ । यो थेरापीको कारण स्तन क्यान्सरको खतरा बढ्छ । यदि तपाईले कुनै रोगको उपचार गर्दा रेडियसन थेरापीको सहारा लिनुभएको छ भने भविष्यमा स्तन क्यान्सर हुने सम्भावना बढ्दै जान्छ ।

    २. उमेर

    उमेर बढ्दै जाँदा पनि पुरुषमा स्तन क्यान्सर हुन सक्ने खतरा रहन्छ । सामान्यतया ४० देखि ६० वर्षसम्म पुरुषमा क्यान्सरको धेरै खतरा हुन्छ । यसका कारण उमेरको यो समयमा आइपुग्दा खानपान, जीवनशैलीलाई स्वस्थ र व्यवस्थित बनाउन जरुरी छ । यसका साथै आफ्नो तौल, ब्लड प्रेसर, ब्लड सुगर र कोलेस्ट्रोल कन्ट्रोल राख्नु पर्छ ।

    ३. मोटोपन

    मोटोपन धेरै रोगहरुको कारण बनेको हुन्छ । पुरुषमा मोटोपनका कारण स्तन क्यान्सरको समेत सम्भावना रहन्छ । मोटोपनको कारण शरीरमा फ्याट सेल्सको संख्या बढ्छ र पछि गएर त्यो ट्युमरको कारण बन्न सक्छ । यो बाहेक फ्याट सेल्सले शरीरमा एस्ट्रोजनको मात्रा बढाउँछ, जुन पुरुषमा हुने ब्रेस्ट क्यान्सरको प्रमुख कारण हो ।

    ४. मद्यपान तथा धुमपान

    अल्कोहल सेवन गर्ने बानी भएका पुरुषलाई स्तन क्यान्सर हुने सम्भावना अत्याधिक हुन्छ । यो बाहेक धुमपान गर्ने पुरुषलाई १०० भन्दा धेरै रोगहरुको कारण बन्न सक्छ । स्तन क्यान्सरबाट बच्न धुमपान तथा मद्यपानको प्रयोगलाई शुन्य बनाउनु पर्छ ।

    स्तन क्यान्सरको कारण छातीमा असहज महसुस हुन्छ । स्तनको आकारमा परिवर्तन आएमा तुरुन्त चिकित्सकसँग सम्पर्क गर्नुपर्छ । स्तन क्यान्सरको प्रारम्भिक अवस्थामा कुनै पनि लक्षणहरू देखिँदैनन् । क्यान्सर बढ्दै गएपछि निम्नलिखित लक्षणहरू देखा पर्छन् :

    *स्तन वा पाखुरामुनि गिर्खा हुनु, गिर्खा कडा, अनियमित तथा नदुख्ने प्रकृतिको हुनु ।

    *स्तन वा स्तनको मुन्टोको आकार/प्रकार परविर्तन हुनु । जस्तै- रातोपना, चाउरएिजस्तो, सुन्तला रङको, मुन्टो स्तनतिर फर्किएको, मुन्टो वरपिरकिो छालामा कत्ला निस्केको वा सुन्निएको ।

    *स्तनबाट दूधबाहेकको तरल पदार्थ जस्तै- रातो, सफा वा पहेँलो, हरयिो अथवा पीपजस्तो आउनु ।
    स्तनको मुन्टो दुख्नु ।

    *स्तनमा निको नहुने घाउ हुनु ।

    *गम्भीर अवस्थामा हाड दुख्नु, स्तन दुख्नु, स्तनमा घाउ आउनु, पाखुरा सुन्निनु, वजन घट्नु । सबै गिर्खाहरू क्यान्सर होइनन् । दसमा आठ गिर्खा क्यान्सर नहुने प्रकृतिका हुन्छन् ।

    स्तन परीक्षण गर्ने विधि :

    १. ठूलो ऐनाअगाडि निर्वस्त्र उभिएर तपाईँको देब्रे हात उठाउनूस् अनि दाहिने हातले देब्रे स्तनको परीक्षण गर्नुस् ।

    २. तपाईँको देब्रे हातका बीचका तीनवटा औँलाहरूको संवेदनशील भागले (ल्याप्चे लगाउने भाग, टुप्पो होइन) स्तनको वरपिरी गोलाकार रूपमा विस्तारै मालिस गर्दै (औँला नउचालीकन) टुप्पोतिर लाग्नूस् ।

    ३. स्तनमा औँलाले दबाएर विभिन्न किसिमका तन्तुहरू अनुभव गर्नुस् । पहिले विस्तारै दबाब दिएर छालालाई मात्र परीक्षण गर्नुस् अनि मध्यम दबाब दिएर बीचका तन्तुहरू महसुस गर्ने र अन्तमा जोडले दबाब दिएर करङसम्म औँला पुर्‍याई भित्री गिर्खा, दुखाइ वा असहजता खोजी गर्ने ।

    ४. पूरै स्तन, छाती, पाखुरामुनि, काखी, ब्युटी बोन र काँध वरपिर छाम्ने ।

    ५. यसप्रकार देव्रे स्तन परीक्षण गरेपछि यसै गरी दाहिने स्तनलाई देव्रे हातले परीक्षण गर्ने ।

    ६. स्तनलाई ठूलो ऐनामा हेर्ने । स्तनको आकार, रंग, चाउरीपना, मुन्टो आदि हेर्ने । त्यसपछि स्तनको मुन्टोलाई विस्तारै दबाएर त्यसबाट निस्कने तरल पदार्थ हेर्ने ।

    स्तनको आकार, प्रकार, रंग, नयाँ गिर्खा, तरल पदार्थ आदिमा परविर्तन महसुस भएमा, बढी दुखेमा, निको नहुने घाउ भएमा, स्तनको मुन्टो स्तनतिर फर्किएमा, स्तनको छेउमा काखीमुनि गिर्खा महसुस भएमा चिकित्सकसँग परामर्श गर्ने । एजेन्सीकाे सहयाेगमा


    क्याटेगोरी : स्वास्थ्य शैली

    प्रतिक्रिया दिनुहोस


    थप समाचार