• जीवनशैली | Jiwanshaili
  • तापक्रम ३ डिग्रीमा झर्याे, जाडाेमा यी चिज खानुहाेस्


    डिसेम्बर महिना सुरु भएसँगै चिसो बढ्ने क्रममा छ । तराईमा हुस्सु र शीतलहर, पहाडी क्षेत्रमा हल्का वर्षा, कुहिरो र घाम नलाग्ने वा लागेपनि तापक्रम निकै कम, उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भएका खबर आइरहेका छन् । देशभर जाडो बढेको छ । चिसोको कारणले जनजीवन क्रमशः कष्टकर बन्दै छ । राजधानीमा  मंगलबारको न्युनतम तापक्रम ३ डिग्री सेल्सियस छ ।

    जाडो याममा चिसोको असरले रुघा, खोकी लाग्ने, ज्वरो आउनेजस्ता स्वास्थ्य समस्या देखिने गर्दछन् । पाचन सम्बन्धी समस्या बढ्छ । कतिपयलाई चिसोकै कारण निमोनिया हुने सम्भावना हुन्छ । यस्तो अवस्थामा हामीले दैनिक खानपानमा ध्यान दिनसके शरीरभित्रको तापक्रम सन्तुलित रही ती समस्याबाट मुक्ति मिल्छ ।

    यी खानेकुराले चिसो मौसममा शरीरको तापक्रम बढाउन मदत गर्दछन् ।

    अदुवा

    अदुवा औषधीको गुणले भरिएको हुन्छ । यसको प्रयोगले ज्वरो, एसिडिटी, पाचन समस्या लगायत चिसोको कारणले हुने समस्याबाट मुक्ति पाउन सकिन्छ । अदुवालाई चिया, तरकारी आदिमा प्रयोग गर्न सकिन्छ । पोलेको अदुवाको टुक्राले खोकीको समस्या समाधान हुन्छ ।

    मह

    मह मानव स्वास्थ्यका लागि निकै लाभदायक छ । मह खानाले शरीरको आन्तरिक तापक्रम सन्तुलित राख्न मदत पुग्दछ । महको नियमित प्रयोगले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढ्ने अनुसन्धानहरुले देखाएका छन् । मह तातोपानी वा दूधसँग खान सकिन्छ ।

    घिउ

    घिउ हाम्रो स्वास्थ्यका लागि निकै उपयोगी हुन्छ । आफुलाई आधुनिक जीवनशैलीको मान्‍ने नयाँ पुस्ताले घिउलाई स्वास्थ्य समस्याको कारकको रुपमा मान्‍ने गरेको भएपनि त्यो गलत भएको डाक्टरहरु बताउँछन् । हामीकहाँ चिल्लो बढी खाएर मोटोपन बढ्छ भन्‍ने मान्यता छ । तर, विशेषज्ञहरुका अनुसार मोटोपनाको कारण प्रोटिन नभई कार्बोहाइड्रेड हो ।

    घिउलाई विभिन्‍न खानामा मिलाएर खान सकिन्छ । यसको प्रयोगले शरीरलाई शक्ति दिनुका साथै चिसो याममा तापक्रम सन्तुलित राख्न मदत गर्दछ । चिसोबाट बच्नका लागि घिउ निकै लाभदायक मानिन्छ ।

    बदाम

    बदाममा प्रशस्त मात्रामा भिटामिन पाइन्छ । चिसो मौसममा खानामा बदामको प्रयोग निकै लाभदायक हुन्छ । यसलाई दूध वा महसँग पनि सेवन गर्न सकिन्छ ।

    अमला

    अमला प्रचुर मात्रामा भिटामिन पाइने फल हो । अमलाको सेवनले पाचन र छालासम्बन्धी समस्या हुने व्यक्तिलाई निकै फाईदा गर्छ । यसले एसिडिटी, ब्लड सुगर र कोलस्ट्रोल घटाउन सघाउनुका साथै शरीरलाई गरम राख्न मदत गर्छ ।

    अण्डा

    चिसो मौसममा अण्डा खानु स्वास्थका लागि निकै फाइदाजनक हुन्छ । अण्डामा प्रशस्त मात्रामा प्रोटिन र भिटामिन पाइनुका साथै यसले शरीरको तापमान सन्तुलनमा राख्न सहयोग गर्दछ ।

    सुन्तला

    सुन्तला जाडो मौसममा प्रशस्त पाइने फल हो । सुन्तला पाक्ने सिजन र जाडोको सुरुवात एकैसाथ हुने भए तापनि जाडोमा सुन्तला खानु निकै लाभप्रद हुन्छ । यो फलमा प्रचुर मात्रामा भिटामिन पाइन्छ ।


    क्याटेगोरी : स्वास्थ्य शैली

    प्रतिक्रिया दिनुहोस


    थप समाचार