कल्पना– ३ (धाराबाहिक उपन्यास)
संगम कोठा नं. एक सयमा सुत्न गएको । खै किन हो, आज संगमलाई अलि पींडा अलि खुशी अलिअलि उमंग छ । संगमले केही बेरसम्म टि.भि. हेर्यो अनि विस्तारामा पल्टियो । निद्रा पटक्कै लागेन, जिरो वाटको रातो बत्ति संगम छाया कोठामा देखिरहन्छ । बाहिर झिलीमिली भएपनि राताको १०ः३० भैसकेको छ ।
संगमको मस्तिष्कको त्यही कुरा तँछाडमछाड गरेर मडारिइरहेको थियो । कपडा हो उही नाम कल्पना संगमको आँखाको वरीपरी त्यही चिज झल्किरहन्थ्यो । उही जुन फूलेको बस्तीमा फूलेको गुलाबजस्ती कल्पना । हुन त संगम विभिन्न ठाउँ बस्तीहरूमा घुम्दा अनेक प्रकारका मान्छे एकभन्दा एक राम्री केटीहरू पनि नभेटिएका होइनन् कति केटीहरूले प्रेम प्रस्ताव राखे पनि संगम स्वीकारेको थिएन । तर ती कल्पनालाई देखेपछि किन हो किन उसलाई जतिबेला पनि उनकै यादमा विलिन भएको हुन्छ । पहिलो भेट भै यसरी अन्तरआत्मा तस्विरै सजिएर बसेको संगमको लागि यो पहिलो अनुभव थियो ।
कल्पना पनि त त्यतिकै थिइन् । पुष्ट जिउ, सालिन अनि गुलाबको निर्मल मुहर लज्जालु स्वभाव मृगनयनी आँखा नि रसिला ओठ कति निश्चल थिए । मुस्कान संग बोल्ने ती मुस्कानका लहर ओठ अनि आँखाहरूले पनि केही भनेजस्तो लाग्दथ्यो तर उसले बुझ्न नसकेको जस्तो लागेको थियो । यस्तै कुरा सम्झदासम्झिदै रातोको पौनेएक बजिसकेको थियो । रात वितिसक्न लाग्दा पनि उसलाई निद्रा लागेको छैन । केवल ऊ कल्पनाको सम्झनामा विमूल थियो ।
संगम बाहिर निस्कियो । टिलपिल बत्तिले नेपालगञ्जलार्य प्रकाश प्रदान गरिरहेका थिए । आकाशतिर फिरायो । जुन अनि ताराले लुकामारी खेलिराखेकै थिए । संगम पुन: कोटामा प्रवेश गर्दछ । पंखाको तातो हावा बन्दा कोठा उसलाई झट् झट् उही पिपलको चौतारीको झझल्को आइरहन्न्छ । कस्तो थियो हावा एयर कण्डिशनको आवश्यकता छैन । कति चिसो अनि निर्मल हावा । यस्ता वातावरण त्यस्तो स्थानमा जन्मलिने कल्पना कतै स्वर्गकै परी झरेकी जस्तै थिई ।
संगम पुन टिभी खोलेर एउटा चक्का हालेर सि.डि. हेर्न थाल्यो । उसले सर्मिला गुरूङ अनि शान्ति रेग्मीले गाउनुभएको ‘अधुरो मिलन…’ भन्ने गीत चार–पाँच पटक रि गर्दै हेर्दै गर्दा बिहान पाँच बजिसकेको रहेछ । जिउ पनि गह्रौ भएको छ । रातभरिे अनिद्रा भएको कारण आँखा पनि रातो रातो भएको छ । किरकिर किरकिर घण्टी बज्यो .. संगम उठेर ढोका खोल्छ । वैटर बिमला ट्रेमा कफिीको गिला लिएर आएकी थिई । संगमले एकपटक समना जस्तो अनुभूति गयो कि यी कतै कल्पना त होइनन् ? तर विडम्बना उनी विमला थिइन् । संगमले बिमलालाइ नियालेर हेरिरहृयो । विमलाले हाँस्दै कफी लिनु सर संगमले आज नखाने भनेर उत्तर दियो । तर कल्पनाको सम्झना संगै संगम हरइरहेको थियो । कल्पनाको जिन्दगीालई अंगालेर नाना भाँती कल्पनाहरू अंगाल्न थाल्दथ्यो । कसैले संशोधन गर्दा पनि झस्किने गर्दथ्यो । करिब दश बजेतिर खनाको लागि उसलाइ वैटरले बोलाउन आएपछि पनि आज आफूलाई सन्चो नभएर खान मन नलोको भनेर टारिदियो । के खाना खान मन लाग्दथ्यो, उसलाई त केवल उही कल्पना नै मानसपटलमा घुमिरहको थियो ।
आज उनीहरूको टोली चार बजे कस्मिक एयरको उडानबाट काठमाडौं तिर जानु पर्ने थियो । उनहिरू बा. १ ज. २०५३ को मारूतिबाट साझा एयरपोर्ट पुगे कस्मिक एयर उनीहरूको प्रतिीक्षा गरिरहेको थियो । करीब साढे एक घण्टाको अन्तरालमा कस्मिक एयरले काठमाडौं अन्तराष्ट्रिय विमानस्थल टेकअफ गर्यो । तयो प्लेनको आवाज भोको पेट रातभरिको निद्रा अनि कल्पनाको सम्झनाले गर्दा संगम नुन खाएको कुखुरा जस्तो देखिन्थ्यो । उनीहरू ट्याक्सीमा बसेर तिनकुने, नयाँबानेश्वर रत्नपार्क हुँदै बागबजारभित्र प्रवेश गरे । ट्याक्सीले कोठासम्म पु¥याए आफ्नो गन्तव्यस्थानतिर लम्कियो ।
संगम लामोलामो सास तान्दै कोठाको ताला खोल्दै कर–कर ढोकाको आवज संगै संगम कोठामा प्रवेश गर्दछ । कोठामा पुगेर व्याग पन्छायो । खातमा गल्याम्म पल्टियो, भित्ताको चारैतिर नजर घुमाउँछ । आमासँगै रहेका बुवाको फोटोमा लगाइएको माला खसेर माला मिलाउन उठ्छ । आमाबुवाको पाउमा शिर झुकाई माला मिलाउँदै भन्दछ खै के गर्दछौ । तिमी अगाभी, कर्महारा रहेछौ . मेरो अहिले यस्तो अवसथा पनि देख्न नपाउँने भयौ भनेर उसले दुईथोपा आँशु अर्पण गर्यो । सुक्क–शुक्क आँशु पुछ्दै सबैतिर नजर फिरायो , टाउकोमा हात रखेर टोलाई राखेको छ । आज उसलाई त्यो आफ्नो कोठा पनि कताकता नरमाइलो खल्लो महशुस भएको छ । जतिबेला पनि मानसपटलमा उही कल्पना कै स्वरूप आँखा अगाडि देखिइरहन्छ । आज उसलाई केही वस्तु पाइरहको केही गुमाईरहेको जस्तो लाग्दछ । लामो सास तानेर पुन बेडमा घोप्टो परेर पल्टिन्छ । छटपटी लागिरहन्छ । उठेर सर्टको गोजीबाट पकेट डायरी तानेर उही कपनाको ठेगाना हेरिरहन्छ । उठेर नजिकै झ्यालमा राखेको बोतल तानेर घट घट घट पारेर बोतल रित्याउँछ । पटक्कै निद्रा लागेको छैन । फेरि सम्झिरहन्छ …कल्पना ।
कलमकापी समातेर आफ्ना भावनाहरू ती निर्जिव कलम र कामी संग ओकल्न थाल्दछ । उसलाई यति थाहा छ कि मनको वेदना पोख्दा नरिसाइकन सुनिदिने असल मित्र भनेकै कापी र कलम त हो । संगमले एकपटक विगतका फोटाहरू पल्टाएर हेर्छ । तर कल्पनाको कलिलो गुलाबको मुनाजस्तो अनुहार भेटाउन सकेन । फेरि बन्द गर्दछ । संगमले मनको बह हलुको पार्न आज कल्पनालाई एउटा पत्र लेख्यो । पत्र आफैले एकपटक पढ्यो । अनि खाममा बन्द गरेर च्यातिदियो । संगमलाई यस्तो परिस्थितिको सिर्जना भयो कि ऊ सोच्नै नसक्ने भयो ।
संगमको सोचाइ थियो, कसैलाई सम्झनु माया गर्नु नराम्रो त होइन नि । तर एक अपिरिचित केटीलाई पहिलो भेटमै कसरी पत्र लेख्ने ? संगम दिनभरि अफिसमा जान्थ्यो, साँझ आफ्नै कोठामा आउँथ्यो । क्रमक रूपमा संगमले पत्र लेख्ने अनि च्यात्ने गर्दथ्यो । उसलाई नारीको बारेमा सबै थाहा थियो । नारी न त कुण्ठित भएर घरको खोपीमा जिवन विताउन सक्छिन् न त छाती खोलेर संघर्ष गर्न मैदानमा उत्रिन सक्छिन् । हो नारी भनेक त देवी हो । नारीको अर्को रूप भनेकै सहनसिलता पनि त हो … र नारीलाई सम्मान गर्नु पनि त प्रकृतिको पुराजी त हो । त्यसैले मैले कल्पनालाई सम्ममा स्वरूप पत्र लेख्नु पनि त नराम्रो होइन।
संगमले आज पहिलोपल्ट मिस कल्पनालाई पत्र लेखेर प्रेषित गरेको थियो । कताकता उसलाई डर लागे जस्तो जाल लागे जस्तो र मानवताको वास्तानगरेको जस्तो लागिरहेको थियो । यसरी उसले हरपल केवल कलना नै नाम लिएर दिनहरू विताउन थाल्यो । उ कहिले टोलाई रहने, कहिले सपना देखेजस्तो गरेर झस्कीने र एकान्त स्थान मन पराउने भयो । उसलाई काठमाडौं जस्तो शहर पनि ल्यास्रो लाग्न थाल्यो । संगम आफै विभोर भएर बस्दथ्यो । संगम सिरियस रहन्थ्यो ।
आज भाद्र महिनाको २८ गते ऊ अफिसमा बसिरहेको थियो । हुलाकीले उसलाई एउटा पत्र दिएर हिड्यो । संगमले पत्रको आवरण हे¥यो । पत्र, एकपटक भेटिएकी परि भनौं या त स्वर्गबाट विलित भएर आएकी अप्सरा कल्पनाको पो रहेछ । संगम एकछिन आत्तियो । आँखाबाट पनि शितका थोपाहरू टप्पटप्प नाकसम्म पुग्ने गरी टलपल गरिरहे । संगमले पत्र खोल्यो, पत्रमा लेखिएको थियो–
मितिः ……
सुमधुर सम्झना ल साथै मूस्कानका लहरहरू पनि ।
खै कसरी शुरू गरौं यो कोमल मनमा कुण्ठिएर रहेका अभिशान्त जिन्दगीका अनोठा गोरेटाहरू । यिनै जिन्दगीका अभिशान्त क्षण र कटु सत्यताका पलहरूको संगालोको अटो मुटुको पाना भरिमा ल.. ।
त संयम यस्तै यस्तै अर्थहिन र मूल्यहिन शब्दहरूले तपाई सामु पहिला कुनै पोख्ने ठाउँ छ न त कुनै विसाउने चौतारी ..
संगम आज म यति खुशी छु कि सायद म जीवनमा सफल भए जस्तो लाग्दछ । किनभने तिमीले मलाई त्यस्तो विकट ठाउँमा देखेर पनि अपार माया दिंदै सम्झना स्वरूप पत्र लेखेका रहेछौ । हुन त मैले पनि तिमीलाई नसम्झिएकको भने होइन । तर तिम्रो बसाई कुनै निश्चित समयावधिको छैन । त आज तिम्रो पत्र पाएर पत्र नलेखि सन्तोषसंग बस्न सकिन ।
हुन त संगम म भनेकै एउटी कहाडकी भेडा हुँ न्यून र गरीब परिवाकी सदस्य, तयसमा पनि विकट र विकराल अनि खोला कुञ्जडामा जिम्एिकी तर तपनि तिमीले हाम्रो यस्तो विकराल वस्तीलाई सुन्दर संसार भित्र सु–सज्जित मन्दिर भनेर स्वीकार गरेकोमा ध्न्यवाद ल ।
हो संगम यस समाजमा कुनै पनि प्राणी भएर जन्म लिएपछि उसले माया ममता पाउनु पर्दछ । यानी की माया पाउनु उसको अधिकार हो, प्रशस्त माया बोकेर ऊ साथी संगी संग रमाएर बाँच्न चाहन्छ र मैले पनि तिम्रो अपार माया पाएकी छु । अझै माया दिइरहन सक्छौ वा सक्दैनौ त्यो त केवल तिम्रो हातको कुरा हो । संगम हुन त संगम पहिलो पत्र मै के खुलस्त पार्न सक्थ्यो र ? फेरि तिमीलाई मेरो यी तुच्छ शब्द कसरी मन पर्छ होला है तर संगम तिम्रा ति लेख अनि प्रतयेक शब्दहरूको संगालो शब्दाञ्जली मलाई अति मन पर्दछ । जुन अमृत रूपी छन् ।
अँ त संगम फेरिपनि हाम्रो गाऊँ तिर घुम्दै गर ल अनि सम्झनामा पत्र पनि लेख्दै गर नि है। अनि फान पनि गरन ल … फोनं नं. . अर्को पत्रसम्मको लागि ओझेल पर्दछु । ल गल्ती भएमा माफ गरिदिनु है ।
उही कल्पना !
संगमले पत्रपढेपछि एकछिन मुसुक्क मुस्कान फैलायो । चारैतिर रमाइलो वातावरण देख्यो । अब त झन झन संगम कल्पनाको नजिक भयो । हुन त कल्पनाले धेरै आदर गरेर पत्र कोर्ने गर्दथिन् । तरपनि संगमलाई आदर गरेको व्यक्ति मन पर्दैनथ्यो । यसरी कल्पना अनि संगमबीच धेरै पत्र आदानप्रदान भए लामो समयसम्म टेलिफोनमा कुरा पनि भए तर प्रत्यक्ष भेट भने भएको थिएन ।
तर पनि पत्रकै भरमा संगम कल्पनालाई एकोहोरो भएपनि औधी माया गरिरहेको थियो । बेला बेलामा संगमले कल्प्नाको नामा उपहार पनि पठाउने गर्दथ्यो । यसरी संगम नयाँ जाीवनको कल्पना गरेर दिन बिताउँथ्यो ।
(यस उपन्यास धाराबाहिक रुपमा प्रकाशित हुनेछ)
क्याटेगोरी : कला शैली, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस