• जीवनशैली | Jiwanshaili
  • दिमाग तेज बनाउन खानुहोस् ओखर-बादाम हलुवा


    ओखर र बादामको सेवनले शरीरमा ताकत आउनुको साथै दिमागलाई पनि तेज बनाउने गर्छ । यस्तै, यसको हलुवा बनाएर खादा स्वादिलो त हुन्छ नै साथै स्वास्थ्यका लागि पनि निकै फाइदाजनक हुन्छ । आउनुस आज जानौं ओखर र बादामको हलुवा बनाउने विधि :

    सामग्री

    बादाम- १ कप
    ओखर- १/२ कप
    घ्यू- १/२ कप
    चीनी- १/२ कप
    पानी- १/२ कप
    दूध- २ चम्मच
    केसर- ७/८ वटा
    इलाइची पाउडर- चुट्कीभरी
    खाज मिल्ने सुन्तलन रङ- चुट्कीभरी

    विधि :

    १. सबैभन्दा पहिले बादाम र ओखरलाई मिक्सरमा राखेर अलग-अलग गरी पिस्ने ।
    २. एउटा भाडामा घ्यूलाई १-२ मिनेटसम्म बादाम र ओखरलाई भुट्ने ।
    ३. एउटा अलग भाडामा पानी, चीनी, इलाइची पाउडर, केसर हालेर चास्नी बनाउने ।
    ४. तयार भएको चास्नी र दूधलाई ओखरको मिश्रणमा मिलाउने ।
    ५. यसमा सुन्तला रङ हालेर मिक्स गरेर ग्यास बन्द गर्ने ।
    ६. अब तपाईको ओखर-बादाम हलुवा तयार भयो । तात्तातो हलुवा खाएर यसको मजा लिनुहोस् ।


    क्याटेगोरी : स्वास्थ्य शैली

    प्रतिक्रिया दिनुहोस


    थप समाचार