• जीवनशैली | Jiwanshaili
  • के कोरोना खोप एचआईभी बिरामीका लागि सुरक्षित छ?


    काठमाडौं- कोरोना भाइरसविरुद्ध खोप अभियान विश्वका धेरै देशहरुमा शुरू भइसकेको छ। जस अन्तर्गत पहिलो खोप अत्यधिक खाँचो भएका समूह, स्वास्थ्यकर्मी र ८० वर्ष भन्दा माथिका मानिसहरु र उच्च जोखिममा रहेका व्यक्तिलाई दिइदैछ। स्वास्थ्य समस्याबाट पीडित व्यक्तिहरू पनि प्राथमिकताका सूचीमा राखिएको छ। यसकारण सबैभन्दा ठूलो प्रश्न यो हुन्छ कि एचआईभी बिरामीहरूका लागि कोरोना खोप सुरक्षित छ ?, के उनीहरूलाई यो खोप दिन सकिन्छ, किनकि एचआईभी आफैंमा एउटा गम्भीर रोग हो, जसलाई ‘लाइलाज रोग’ पनि भनिन्छ जसको कुनै उपचार छैन।

    केही देशहरूले सिफारिस गरेका छन् कि एचआईभी-पॉजिटिव व्यक्तिलाई कोभिड-१९ विरुद्धको खोपका लागि प्राथमिकता दिइनु पर्दछ। अर्थात् यी बिरामीहरुलाई खोप लिनै पर्ने समूहमा राखिन्छ। किनभने सबैभन्दा जोखिममा रहेका समूहहरू वृद्धवृद्धा र फ्रन्टलाइनमा रहेर काम गर्ने कर्मचारीहरुले कोरोनाविरुद्धको खोप पाइसकेका छन्।

    जर्मनीले भनेको छ ६० वर्ष भन्दा माथिका मानिसहरु, मुटु, किड्नी र कलेजो रोगका बिरामीहरु सँगै एचआईभी पोजिटिभ व्यक्तिहरुलाई पनि कोरोना खोपको प्राथमिकता भएका बिरामीहरुको तेस्रो श्रेणीमा राखिने छ।

    यता बेलायतमा एचआईभीका संक्रमित व्यक्तिलाई खोपका लागि छैठौं प्राथमिकता समूहमा सामेल गरिनेछ। उनीहरू भन्दा पहिले ६५ वर्ष वा माथिका, स्वास्थ्यकर्मी र बढी गम्भीर स्वास्थ्य अवस्था भएका मानिसहरूलाई कोरोना खोप दिइनेछ।

    माइकल ब्रैडी, मेडिकल निर्देशक र टेरेन्स हिगिन्स ट्रस्टका एचआईभी विशेषज्ञ, भन्छन्, ‘एचआईभी हुने सबै व्यक्तिले कोभिड खोप लिनु पर्छ। (यूकेमा) यदि तपाईको एचआईभी डाक्टरले तपाईलाई धेरै उच्च जोखिममा राखेको छ भने तपाईलाई चौथो प्राथमिकता समूहमा राख्न सकिन्छ। तपाईले छिट्टै खोप लिन सक्नुहुन्छ।’ एचआईभीका बिरामीहरु नेपालमा पनि छन्, तर अहिलेसम्म तिनीहरूलाई कुन प्राथमिकता र समूहमा राख्ने र खोप दिने भन्ने बारे अन्यौल नै छ।


    क्याटेगोरी : स्वास्थ्य शैली

    प्रतिक्रिया दिनुहोस


    थप समाचार