एकोहोरो माया कहिले सम्म ?
न त हाम्रो प्रेम नै हो न त ब्रेक अप नै। म सबैसँग मनमा लागेको कुरा फ्याङफुङ बोल्ने मान्छे ऊसँग पनि बोलेँ ऊ पनि उस्तै थियो। हाम्रो भेट फेसबुकबाट भएको हो। खै के जादु हो उसलाई देख्दा मलाई साह्रै आनन्द लाग्छ। न त ऊ देखाइमा राम्रो छ न त कुनै पर्सनालिटी नै छ उसमा। उसको एक म्यासेजले नै मलाई फिट र फाइन बनाउँछ। मेरो मुड नै परिवर्तन गरिदिन्छ।
तर ऊ यति नराम्रो छ कि उसको फोटो देखाउन पनि मन लाज लाग्छ तर उसको सान साउथ फिल्मको हिरोको भन्दा कम छैन।
हाम्रो माया करिब दुई महिनासम्म राम्रै चलेको थियो त्यसपछि ऊसले मलाई इग्नोर गर्न थाल्यो र मैले किन इग्नोर गरेको भनी खोध्दा उसको अरु नै केटी साथी भएको थाहा पाएँ। मैले पहिले नै उसलाई सम्बन्धको बारे सोधेकी थिएँ तर उसले कसैसँग सम्बन्ध भएको कुरा गरेन। पछि हरु केटीबाटै थाहा भयो। अहिले हल्का बोलचाल मात्र हुन्छ पहिलेको जस्तो सम्बन्ध छैन। कहिले किन बोल्ने भन्ने लाग्छ तर मन भने मान्दैन। अनि उसले कुनै कुरामा इग्नोर गर्दा साह्रै मन दुख्छ । सुझाव दिनु न म ऊसँग बोलुँ कि ब्लक गरुँ।
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस