धाराबाहिक उपन्यास ‘कल्पना’ (भाग–६)
जिल्ला सदरमुकाम नजिकै भएर पनि उसको गाउँ पिछडिएको छ । साना खरले छाएका पराले झुपडी छन् । ती झुपडीहरु एकपछि अर्को गर्दै क्रमिक रुपमा पन्छाउदै संगम अगाडि बढीरहन्छ । गाउँमा पनि अहिलेसम्म उस्तै विकराल समस्या विद्यमान छन् । घरका ढोकामा टिलपिल सिसिको बत्ति माथिो कालो धुँवा आइरहको छ । कुकुरहरु पनि खै कस्तोकस्तो स्वरले कराइरहेका छन् । सरकारले कमैया मुक्तका घोषणा गरेपनि थारु कमैयाहरु बाटोमा सानासाना झुपडी बनाएर बसोबास गरेका छन् ।
केही मिनेटको अन्तरालपछि संगम आफ्नो झुपडीमा पुग्छ । मनमा जस्तोसुकै पिर भएपनि आफ्नी हजुरआमाको सामुने हाँसो देखाउन रुखो हाँसो देखाउन खोज्छ । उसको यही सपना छ । यति वर्षपछि म हजुरआमैले पकाएको गुन्द्रकको तरकारी र रातो चमलको भात खाने र उहाँकै न्यानो काखमा सिरानाी बनाएर दुःखीरहको मुटु अनि चर्किरहेको घाउलाई बिर्सने ।
संगम घरको आँखनगमा पुग्यो घरमा ढोका बन्दछ । घरका भित्ताहरुमा ठाउँ ठाउँमा भत्किएको छ । माटाको थुप्रोथुप्रो परेका देखिन्छ । संगमले हजरआमै हजुरआमै भनेर धेरैपटक बोलायो । सोच्यो सायद कतै गाउँतिरै जानुभएको होला, संगम गोठतिर आँखा लगायो तर गोठमा लक्ष्मी माली गाई पनि देखिदैन । घर अगाडि हजुरआमैले पूजा गर्ने मन्दिरपनि भत्किएर तुलसी मञ्जरीको सत्यानास भएको छ । बडेमानको आँपको रुख पनि हाँखा जम्मै काटेकोले केवल खम्बाजस्तो छ ।
हजरआमैको पर्खाईमा ढोकाको नजिकै टुसुक्क बसेर टोलाउन थाल्छ । रात परिसकेको छ । झ्याउकिरी अनि नजिकैको जंगलमा स्याल कराउन थाली सके तर हजुरआमै अझै आउनु भएन । खै लामो सास तान्छ । दाया पुर्पुरोमा राखेर बस्दा बस्दै ऊ भुसुक्कै भइसकेको रहेछ । विहान मात्र उसलाई थाहा भयो म त पिंढीमा पो निदाइरहको रहेछु । भनेर । रातभरि एक्लै बस्यो तर हजुरआमा आउनु भएन । उसले पल्लो घरको भण्डारीको घरमा गएर सोध्यो । भण्डारी काकाले सबै बेलाी विस्तार लगाईदिए ।
हजुरआमा त त्यो खरको झुपडीलाई मन नपराएर उनी त कहिल्यै नभत्किने बादलपारीको बसेकी रहिछिन् । किन आउँथिन् रातीमा जाने बेलामा अन्तिम घडीसम्म पनि संगम संगम भन्दै उनीले यस संसारलाई त्यागेकी रहीछिन् । भण्डारी काकाले संगमलाई धेरै संझाए तर संगमको मन किन मान्थ्यो । उसले अनेक तरीकाले जलिरहेको मन थाम्न सकेन । उसका अंग अंगमा भूकम्प जान थाल्यो । पुरै चेतनाका अंगहरु स्तब्ध भए । मुटुको ढुकढुक तीन दोब्बर भएर बढ्न थाल्यो । जे नहोस् भनेको त्यही भयो ।
संगमको हाँसो खुशी आंशु र पीरमा परिणत भयो । हजुरआमैको सपना साकार पार्ने कत्रा प्रयास सबै माटामा मिल्न गयो । विभिन्न र्थिस्थल घुम्न जाने मेरी हजुआमैको इच्छा पुरा गर्न सकिन । खै. कसले जान्न सक्छ ? दैवको खेल । हजुरआमै मैले तपाईलाई जिउँदो रहुन्जेल कहिल्यै सन्तोष दिन सकिन जिउँदो इतिहासको कदर गर्न सकेन हजुरआमैमलाई माफ गरिदिनुस् भन्दै हिक… हिक… सुक्क… सुक्क.. गर्दै आँशु चिउँडोसम्म पुर्याइरहेको थियो । भण्डारी काकाले सम्झाइरहेका थिए । तर भन्न त साह्रै सजिलो हुन्छ हैन तर मनमा लागको डढेलो त कसैले देख्दैन नि हैन र ।
संगमले पींडा सहन नसकेर भण्डारीकाकाको हातबाट चुरोटको खिल्लि लिएर तनतनी तान्नथाल्यो । उसले दिनै अँध्यारो देख्न थाल्यो । सबै गाउँका छिमेकीहरु संगमलाई लागेको पुगे म्म सम्झाउँथे । तर उसको मन भने बरालिइरहन्थ्यो । संगम आधा बहुलाजस्तो भएर टोलाइरहन्थ्यो । आज संगमले खाना पनि नखाएकै तीनदिन वितिसकेको थियो ।
अब खाली आँशुको वर्ष गराउनु बाहेक अर्को विकल्प थिएन । आँशुको सागरै बनाएपनि उसकी हजुआमै फर्केर आउने छैन । हिन्दु संस्कार अनुसार संगमले हजुरआमाकोकाज क्रिया गर्नै पर्ने हो तर संगम त्यहाँ बस्न नसक्ने भयो । संगमले हजुरआमैको लुगा कपडा उहाँले लगाउने सबै .अनि पढ्ने रामायण, गीता, महाभारत, अनि उहाँले पूजा गर्ने तुलसी मन्दिरको माटो सबै कुरा पोको पारेर काखी च्याप्यो । न त खुट्टामा जुत्ता चप्पल छ न त लत्ता कपडा राम्रो छ । अनुहार रातै भएको छ । संगम विना मनैतिको डुङ्का जस्तो भयो । संगम पाल्पा हुँदै पाखेरा जाने स. १ को १२०२ बसमा प्रवेश गर्यो ।
संगम गण्डकीसम्म गएर हजुरआमैको सबै सामान गण्डकी नदीमा खन्याइदियो । संगमले देख्दासम्म हेरिरह्यो । हजुरआमैको नाउमा दुई थोपा आँशु गण्डकीमै पठाइदियो । हेर्दाहेर्दै हजुरआमैका ती कपडा गण्डकीले कता लग्यो कता ? संगमले त्यही हजुरआमैको अन्तेष्टि गर्यो । उहाँको आत्माले शान्ति पाओस् भनेर प्रार्थना गर्यो । संगम शिखर चुरोट जलाएर उडाउँदै धुँवा उडाउँदै धुँवामा उड्न थाल्यो ।
(यस उपन्यास धाराबाहिक रुपमा प्रकाशित हुनेछ)
क्याटेगोरी : कला शैली, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस