केही मानिसलाई किन हुन्छ बाथरूममै हृदयघात ?
हृदयघात अर्थात् हर्ट अट्याक अचानक हुने शारीरिक घटना हो, जसले एक व्यक्तिलाई मृत्युको मुखसम्म पुर्याउँछ। गलत खानपान, औद्योगीकरण र मानव जीवनमा भइरहेको जीवनशैलीको परिवर्तनसंगै हृदयघातको जोखिम पनि बढ्दो छ। यसले वृद्ध अवस्थामा मात्र नभएर ३० वर्ष उमेर समूहका मानिसहरूलाई पनि आफ्नो चपेटमा लिएको पाइएको छ।
मानिसहरूमा यसको आक्रमण बढ्दो भएपनि ८० प्रतिशत हृदयघात भने रोकथाम गर्न सकिन्छ। विश्व मुटु महासंघका अनुसार मुटुरोगका कारण विश्वभर बर्सेनी १ करोड ८० लाख मानिसको मृत्यु हुने गर्छ। मृत्यु हुनेहरूमध्ये ८० प्रतिशतभन्दा बढी विकासोन्मुख देशका विपन्न वर्गका जनता पर्छन्। विश्व स्वास्थ्य सङ्गठनले सन् २०२० सम्ममा विकासोन्मुख राष्ट्रहरूमा मुटुरोग महामारीकै रूपमा फैलिने भविष्यवाणी गरेको छ।

कहिले र कहाँ हृदयघात वा हर्ट अट्याक हुन्छ, यो भन्न सकिँदैन। यद्यपि प्रायः जसो घटनाहरूमा मानिसलाई हृदयघात बाथरूमै भएको खबर सुनिन्छ। श्रीदेवी जस्ता धेरै प्रसिद्ध कलाकारहरूले पनि बाथरूममा यसको शिकार भएको खबर सुनेका छौं। के तपाईंले कहिल्यै सोच्नुभएको छ, किन धेरै जसो आक्रमणहरू बाथरूममा हुन्छन्। बाथरूममा किन हर्ट अट्याक धेरै हुन्छ त ?
नुहाउने क्रममा रक्तचाप घटबढ हुनु
नुहाउने क्रममा शरीरको रक्तचापमा असर पर्ने हुनाले हर्ट अट्याक हुन सक्छ।
– अचानक तातो वा चिसो पानीले नुहाउँदा
– शरीर सफा गर्दा धेरै बल लगाउँदा
– हतार गर्नु र दुईवटै खुट्टाको बलमा लामो समयसम्म उभिएर नुहाउँदा
– बाथटबमा लामो समय बसेको कारण मुटुको धड्कन र धमनीहरूमा असर पर्छ, जसले हृदयघातको सम्भावना बढाउँदछ
टाउँकोमा चीसो पानी खन्याउनु
विज्ञहरूका अनुसार नुहाउने क्रममा पानी पहिला खुट्टामा, त्यसपछि टाउकोमा र बाँकीमा हिस्सामा खन्याउनु पर्छ। वास्तवमा, चिसो पानी सीधैं टाउकोमा खन्याउँदा रक्तचाप कम हुन्छ जुन एकदमै घातक साबित हुन सक्छ।
शौचालयमा बस्दा धेरै दबाव दिनु खतरनाक हुन्छ
विज्ञहरू भन्छन् हार्ट अटैक रक्त संचारसँग सम्बन्धित छ। शरीरको सम्पूर्ण कार्य रक्त परिसंचरणमा निर्भर गर्दछ। तर, मानिसहरु शौचालय प्रयोग गर्दा बढी चाप बढाउँछन् वा लामो समय बस्छन्। यसले रक्त संचारलाई असर गर्छ, जसले मुटुको धमनीहरूमा रक्त सन्चारलाई असर गर्दछ। यसले हार्ट अट्याक निम्त्याउन सक्छ।
हृदयघातको लक्षण:
– छाती जोरसँग दुख्नु
– चक्कर वा बान्ता आउनु
– बेचैन वा मन अशान्त हुनु
– सास फेर्न गार्हो हुनु
– पसिना धेरै आउनु
– कमजोरी महसुस हुनु
– तनाव र डर हुनु
यद्यपि मधुमेह बिरामीहरूमा कहिलेकाँही यी लक्षणहरू नदेखिन सक्छन् र तीनहरुमा मौन हार्ट अट्याक हुने सम्भावना बढी रहन्छ।
हृदयघातबाट बच्ने उपाय:
– स्वस्थ भोजनः प्रशस्त फलफूल, हरियो सागसब्जी खानुहोस् साथै चिनी, नून र चिल्लो एकदम कम गर्नुहोस्।
– नियमित शारीरिक कसरत/व्यायाम गर्नुहोस्, दैनिक रूपमा ३० मिनेट मात्रै भने पनि व्यायाम गर्नु मुटुको स्वस्थको लागि एकदमै राम्रो हो।
– धूम्रपान साथै सूर्तिजन्य पदार्थको सेवन नगर्नुहोस्ः सूर्ति, तमाखु, सिगरेट (चुरोट), सिगार अथवा खैनी-सूर्ती स्वास्थ्यको लागि एकदमै हानिकारक हुन्छ। यसको उपयोग नगर्नु नै रोकथामको लागि एकदम उत्तम तरिका हो। त्यसैगरी सेकेण्ड-ह्यान्ड धूम्रपान (अर्थात तपाईको छेउमा रहेर कसैले चुरोट पिउनु)को सम्पर्कमा पर्नु पनि स्वास्थ्यको लागि हानिकारक हुन्छ।
– मुटुका केही रोगहरू जस्तैः उच्च रक्तचाप, उच्च रक्त कोलेस्टेरोल, मधुमेह आदिको कुनै लक्षणहरू नहुन पनि सक्छ। यी रोगहरू परीक्षण गरेपछि मात्र पत्ता लाग्छ। यसकारण मुटुरोगको कुरा गर्दा नियमित स्वास्थ्य परीक्षणलाई धेरै महत्त्व दिइन्छ। मानिसको आकस्मिक मृत्यु धेरैजसो मुटुरोगकै कारणबाट हुन्छ।

यदि अचानक हृदयघात भयो भने के गर्ने ?
– यदि कोही व्यक्तिलाई अचानक हृदयघात भयो भने, पहिले उसको लुगा खोल्नुहोस् र भुइँमा सुताउनुहोस् र उसको टाउको थोरै माथि बनाउनुहोस्। उसको हात-खुट्टाहरू रगड्नुहोस्, जसले गर्दा रगतको सन्चार हृदयसम्म पुगोस्। एम्बुलेन्सलाई पनि बोलाउनुहोस् र चिकित्सकलाई बोलाउनुहास्।
– यदि पल्सले काम गरिरहेको छैन भने अस्पताल सीपीआर गर्ने। यदि बिरामीले बान्ता गर्यो भने, उसको मुख खोलेर घुमाउनुहोस्, ताकि यसलाई सास फेर्न सहज होस्।
– यदि बिरामीलाई सास फेर्न समस्या भएको छ भने आफ्नो औंलाले उसको नाक थिच्नुहोस् र आफ्नो मुखबाट बिस्तारै उसलाई सास दिनुहोस्। २ या ३ मिनेटसम्म यस्तो गरियो भने बिरामीको फोक्सोसम्म सास भरिनेछ।
क्याटेगोरी : स्वास्थ्य शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै



प्रतिक्रिया दिनुहोस