• जीवनशैली | Jiwanshaili
  • बैतडीमा १७ वर्षीया युवती आफ्नै घरमा सामूहिक बलात्कृत


    बैतडी जिल्लामा १७ वर्षीया एक किशोरी आफ्नै घरमा सामूहिक बलात्कारको शिकार भएकी छन् । जिल्लाको पञ्चेश्वर गाउँपालिका घर भएकी १७ वर्षीया किशोरीलाई गाउँकै युवाहरुले घरमै पसेर सामूहिक बलात्कार गरेका प्रहरीले जानकारी दिएको छ ।

    प्रहरीले बलात्कारमा संलग्न दुई जनालाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा पञ्चेश्वर गाउँपालिका–४ का प्रविन चन्द र धर्मेन्द्र चन्द छन् ।

    ती युवाहरुले पुस १५ गतेको राति किशोरीको घरमै गएर बलात्कार गरेका प्रहरीको भनाइ छ ।

    पीडित किशोरीको भने प्रहरीले उद्वार गरेर सदरमुकाम ल्याएको छ । अहिले उनलाई जिल्ला अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्रमा राखिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।


    क्याटेगोरी : समाज

    प्रतिक्रिया दिनुहोस