बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
सल्यान- यहाँ आज बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । ढोरचौरबाट श्रीनगरतर्फ जाँदै गरेको ना ३ ख ९६४३ नम्बरको बसले बरलातर्फ जाँदै गरेको रा ३ प ८६६७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा शारदा नगरपालिका–६ वरलाका ३० वर्षीय वीरेन्द्र भण्डारीको मृत्यु भएको हो ।
दुर्घटनामा परी गम्भीर घाइते भएका भण्डारीलाई उपचारका लागि सल्यान अस्पताल पुर्याइएको भए पनि अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ठक्कर दिने बसका चालक फरार रहेकाले खोजी भइरहेको र बसलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस