छ वर्षीया बालिका बलात्कार गरेको आरोपमा अनुसन्धान
रसुवा- बालिका बलात्कार गरेको आरोपमा पक्राउ परेका युवामाथि नेपाल प्रहरीले अनुसन्धान शुरु गरेको छ । छ वर्षीया बालिकालाई धुञ्चे क्षेत्रमा बलात्कार गरेको आरोपमा बालिकाका संरक्षकले दिएको जाहेरीका आधारमा नुवाकोटको किस्पाङ गाउँपालिका–५ अर्चले घर भएका वर्ष २२ का यमप्रसाद भट्टराईलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाइको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।
यही पुस १८ गते भएको घटनाको विवरण ढिलो पेश भए पनि तदारुक्ताका साथ प्रहरीले बालिकाको स्वास्थ्य परीक्षण सम्पन्न गराएर थप अनुसन्धान अगाडि बढाइएको प्रवक्ता प्रहरी निरीक्षक सविन कार्कीले जानकारी दिए । यस्तै आर्थिक वर्ष २०७४÷७५ देखि हालसम्म बलात्कार तथा जबर्जस्ती करणीका ११ मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस