गर्भ जाँच गर्न ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम
खोटाङ- गर्भवतीको निःशुल्क गर्भ जाँच गर्नका लागि साकेला गाउँपालिकामा ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम शुरु गरिएको छ । स्थानीय स्वास्थ्य संस्थामै गर्भजाँचको सुविधा बिस्तार गर्नका लागि गाउँपालिका र वनहर्ट वल्डवाइडको सहकार्यमा ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम शुरु गरिएको हो ।
वडा नं ३ खिदीमा स्वास्थ्यचौकीमा बुधबार स्थानीय गर्भवती महिलाको गर्भजाँच गर्दै ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रमको औपचारिक उद्घाटन गरिएको छ । खिदीमामा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष अर्जुनकुमार खड्काले ग्रामिण अल्ट्रासाउण्ड कार्यक्रम उद्घाटन गरेका छन् ।
सुरक्षित मातृत्वका लागि वनहर्ट वल्डवाइडले गर्भजाँच गर्ने उपकरण प्रदान गरेपछि तालिम प्राप्त एक अनमीको व्यवस्था गरेर ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम शुरु गरिएको गाउँपालिकाले जनाएको छ । केही समयपछि वडा नं १ बाँझेच्यानडाँडास्थित स्वास्थ्यचौकी र सामुदायिक स्वास्थ्य एकाइ केन्द्र डाँडागाउँ, वडा नं २ रतन्छा स्वास्थ्यचौकी, वडा नं ४ मात्तिमस्थित आधारभूत स्वास्थ्य केन्द्र र वडा नं ५ मात्तिमबिर्तास्थित स्वास्थ्यचौकीमा ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम शुरु गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रवीन मगरले बताए ।
क्याटेगोरी : स्वास्थ्य शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै



प्रतिक्रिया दिनुहोस