• जीवनशैली | Jiwanshaili
  • भन्सार छली ल्याएको मोबाइल बरामद


    भन्सार छली ल्याएको अवस्थामा विभिन्न कम्पनीका २३ थान मोबाइल प्रहरीले आज नागढुङ्गाबाट बरामद गरेको छ । भैरहवाबाट काठमाडौँ आउँदै गरेको लु २ ख ४२१६ नम्बरको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त मोबाइल फेला पारेको हो ।

    बरामद मोबाइल आवश्यक अनुसन्धान तथा कारवाहीको लागि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालय पठाइने महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।


    क्याटेगोरी : समाज

    प्रतिक्रिया दिनुहोस