एटिएम बुथ फुटाउँदै गर्दा पक्राउ
काठमाडौँ महानगरपालिका–२९ कालिकास्थानस्थित एनआइसी एशिया बैंकको एटिएम बुथको ढोका फुटाउँदै गरेको अवस्थामा तीन जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौँ बानेश्वर बस्ने बागलुङ गलकोट नगरपालिका–७ घर भएका २२ वर्षीय साहिल खत्री, काठमाडौँ महानगरपालिका–२९ कालिकास्थान बस्ने बागलुङ गलकोट नगरपालिका–७ का २५ वर्षीय अनिल थापा र सोही ठाउँ बस्ने २५ वर्षीया नुमा मगर रहेका छन् ।
महानगरीय प्रहरी वृत्त सिंहदरवारबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको र यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस