स्वस्थ महिलाको लागि स्वस्थ खाना
महिलाहरूले आफूलाई यति धेरै व्यवस्थित गर्छन् कि उनीहरू आफ्नो स्वास्थ्यमा ध्याननै दिँदैनन्। उनीहरू कार्यालय प्रबन्धन गर्न र परिवारको प्रत्येक सदस्यको हेरचाह गर्नमा नै व्यस्त हुन्छन्। जसका कारण उनीहरूले धेरै स्वास्थ्य समस्याहरूको सामना गर्नु पर्छ।
व्यस्त समय भएतापनि महिलाले आफ्नो स्वास्थ्यको बढी ख्याल राख्नु पर्छ किनकि महिलाहरू गर्भावस्था र रजस्वला जस्ता प्राकृतिक नियमबाट चल्नु पर्छ। जसको कारणले उनीहरूको शरीर धेरै कमजोर हुन सक्छ। त्यसैले महिलालाई पुरुष भन्दा बढी पोषण चाहिन्छ। तसर्थ, महिलाहरूले आफ्नो आहारमा स्वस्थ खाना समावेश गर्नु पर्छ। एक उमेर पछि, महिलाले धेरै शारीरिक परिवर्तनहरू पार गर्दछन्।
आज हामी तपाईंलाई त्यस्ता खाद्य पदार्थहरूको बारेमा बताउँछौं जसले तपाईंको स्वास्थ्यलाई स्वस्थ राख्न मद्दत गर्दछ।
यी पाँच खाद्य पदार्थ महिलाका लागि लाभदायक छन् :
१. सिमी
महिलाहरूले आफ्नो आहारमा सिमी समावेश गर्नुपर्दछ। सिमीमा फ्याट कम र प्रोटीन र फाइबरको एक राम्रो स्रोत हो। यसले हृदय रोगहरू र स्तन क्यान्सरको जोखिमबाट जोगाउन मद्दत गर्दछ।
२. बेरी
ब्लूबेरी, स्ट्रबेरी, रास्पबेरी र क्रैनबेरीमा एन्टी(क्यान्सर पोषणहरू पाइन्छ। भिटामिन सी र फोलिक एसिड पनि यस बेरीमा ठूलो मात्रामा पाइन्छ। जुन महिलाको स्वास्थ्यको लागि धेरै लाभदायक हुन सक्छ।
३. नन भेज
मासु र माछाको सेवन मासुमा माम्शाहारी महिलाहरुको लागि धेरै फाइदाजनक हुन्छ। यसमा पाइने एमिनो एसिडहरू महिलाहरूको लागि धेरै महत्त्वपूर्ण मानिन्छ। प्रोटीन गुणहरू उनीहरूमा प्रशस्त पाइन्छन्, जुन महिलाहरूको लागि राम्रो मानिन्छ।
४.भटमास
भटमास प्रोटीन, फलाम र भिटामिन बीको उत्कृष्ट स्रोत हो। महिलाहरूले सोया उत्पादनहरू जस्तै सोया दूध, टोफू, आदि समावेश गर्नु पर्दछ । यी खानाले शरीरलाई आवश्यक तत्त्वहरू प्रदान गर्न मदद्त गर्दछ ।
५.पालुंगाे
पालुंगाे फलामको राम्रो स्रोत मानिन्छ। पालक महिलाका लागि धेरै लाभदायक मानिन्छ। पालकको सेवनले प्रोटीन, भिटामिन बी, क्याल्सियम र खनिजहरूको अभावलाई हटाउन सकिन्छ।
क्याटेगोरी : स्वास्थ्य शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै



प्रतिक्रिया दिनुहोस