• जीवनशैली | Jiwanshaili
  • फेसबुकमा एक महिलालाई अश्लिल भिडियो पठाउने युवक पक्राउ


    काठमाडौं- फेसबुकमा एक महिलालाई अश्लिल भिडियो, फोटो तथा सन्देश पठाई यौन उत्पीडन तथा हैरानी दिएको अभियोगमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । सल्यान कुमख गाउँपालिका ४ सरोडाडा बस्ने रमेश शाही भन्ने ३६ वर्षीय रवि शाहीलाई सोमबार प्रहरीले पक्राउ हो ।

    शाहीले यौन उत्पीडन तथा हैरानी दिई विद्युतीय (ईलेक्ट्रोनिक) कारोवार ऐन, २०६३ को दफा ४७ बमोजिमको कसूर गरेको खुलेपश्चात जिल्ला प्रहरी कार्यालय सल्यानको सहयोगमा प्रहरी प्रधान कार्यालय साइबर व्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको उक्त व्यूरोले जनाएको छ ।


    क्याटेगोरी : समाज

    प्रतिक्रिया दिनुहोस