रुपन्देहीमा आगो लगाएर हत्या गरिएको अवस्थामा युवकको शव फेला
रुपन्देहीको मर्चवारमा आगो लगाएर हत्या गरीएको अवस्थामा एक युवकको शव फेला परेको छ । मर्चवारस्थित नेपाल भारत सिमा क्षेत्र नैजिकै शरीरमा मट्टीतेल खन्याएर आगो लगाएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले हत्याको आशंका गरेको छ ।
मायादेवि गाँउपालिका ७ गरगट्टी स्थित खेतमा अन्दाजी ३५ वर्षको जस्तो देखिने युवकको शव भेटिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख एसपि प्रवीण पोखरेलले बताए । घटनाको अनुशन्धान भइरहेको उनले जानकारी दिए । शवको पहिचान भइसकेको छैन ।
दानव नदी नजिकै खेतमा शरीर जलेको अवस्थामा युवकको शव देखेपछि स्थानीयले प्रहरीलाइ खबर गरेका थिए । सीमा क्षेत्र नजिकै हत्या गरीएको अवस्थामा शव भेटिएपछि प्रहरीले नेपालगञ्जबाट तालिम प्राप्त कुकुर झिकाएर अनुशन्धान अगाडी बढाएको छ । घटना स्थलमा प्लाष्टिकको पाइप र रगतका छिटा भेटिएको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस