• जीवनशैली | Jiwanshaili
  • यी खानेकुरा मिसाएर खाँदा हुन सक्छ गम्भीर समस्या


    आयुर्वेदलाई पूर्वीय दर्शनमा औषधी विज्ञानको जननी मानिन्छ । आयुर्वेदमा मानिसले खान हुने र नहुने, गर्न हुने र नहुने सबै कुराको विस्तृत वर्णन गरिएको हुन्छ । एकैपटक अर्थात् मिसाएर खानै नहुने १२ खानेकुराको चर्चा गरिएको छ । यी १२ खानेकुरा मिसाएर खाँदा घातक परिणाम आउन सक्छ ।

    १. दूधसँग दही, नून, कागती, तित्री र अन्य फल मिसाएर खानु हुँदैन । जस्तै आँप, बयर, जामुन, बडहर, नरिवल, अनार आदी कुरा दूध वा दहीसँग कहिल्यै पनि नमिसाउनुस् ।

    २. घ्यु र मह मिसाएर बराबर मात्रामा कहिल्यै पनि लिनु हुँदैन । घ्यू र महसँग चिसो पानीको सेवन पनि घातक मानिन्छ ।

    ३. पानी पिउने वित्तिकै खरबुजा, काँक्रा, तरबुजा, बदाम र घ्यू तथा तेलजन्य खाद्य पदार्थसँग खानु पनि विपरित आहार मानिन्छ ।

    ४. मह तातो दूधसँग कहिल्यै पनि खानु हुँदैन । तातो र्दूध पानी वा अन्य कुनै पनि तातो चिजसँग मह मिसाएर खानु हुँदैन । मह आफैमा तताएर पनि खानु हुँदैन ।

    ५. मुला र दूध एकसाथ खानु पनि अत्यन्त हानिकारक आहार मानिन्छ । मुला र दूधसँगै खाँदा कुष्टरोग लाग्ने खतरा समेत हुन्छ । माछासँग दूध तथा दूधबाट बनेका खानेकुरा खानु घातक मानिन्छ ।

    ६. खिर खाएपछी सातु वा सातु फिटेका पानी खानु घातक मानिन्छ ।

    ७. काँसको भाँडामा राखेको घ्यू खानु पनि हानिकारक मानिन्छ ।

    ८. तरकारी वा अन्य परिकार पकाउँदा तेल वा घ्यूमा बेसार फ्राइ गर्नु घातक हुन्छ । यस्तो बेसारले विभिन्न रोगलाई जन्म दिने खतरा हुन्छ । दही मही र जाँड रक्सी सँगै खानु हुँदैन ।

    ९. खरवुजा र हाँसको अण्डा मिसाएर खाँदा तत्कालै ज्यान समेत जान सक्छ । यी २ खानेकुरा कहिल्यै पनि नमिसाउनु उत्तम हुन्छ । यी उल्लेखित खानेकुरा सँगसँगै कहिल्यै पनि नखानुहोस् ।


    क्याटेगोरी : स्वास्थ्य शैली

    प्रतिक्रिया दिनुहोस


    थप समाचार