सगरमाथा आरोही शेर्पाको अन्त्येष्टि
विश्वको सर्वोच्च शिखर सगरमाथा आरोही दानुरी शेर्पाको अन्त्येष्टि गरिएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले आज स्वयम्भूस्थित समाधिस्थलमा उनको पार्थिव शरिरमा राष्ट्रिय झण्डा ओढाएपछि बौद्ध परम्पराअनुसार अन्त्येष्टि गरिएको हो ।
दोलखास्थित गौरीशङ्कर गाउँपालिका–९ टाँसीनाम निवासी शेर्पाले प्रजातान्त्रिक राष्ट्रिय युवा सङ्घ, नेपालको झण्डा सगरमाथाको शिखरमा पहिलो पटक फहराएर नयाँ कीर्तिमान कायम गर्नुभएको थियो । पर्यटन व्यवसाय र समाज सेवाको क्षेत्रमा निरन्तर सक्रिय शेर्पा दुई पटक सगरमाथाको शिखर चुम्न सफल भएका थिए ।
सञ्चारमन्त्री गुरुङले स्वर्गीय शेर्पाको निधनप्रति गहिरो शोक व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरे । गौरीशङ्कर–९ का वडाध्यक्ष छिरिङ शर्पाले उनको निधनप्रति दुुःख व्यक्त गर्दै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरे । फोक्सोमा समस्या देखिएपछि काठमाडौँको चावहिलस्थित हेल्पिङ हेन्ड अस्पतालमा भर्ना भएका शेर्पाको यही माघ ७ गते निधन भएको थियो । स्वर्गीय शेर्पाका श्रीमती र तीन छोरा छन् ।
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस