• जीवनशैली | Jiwanshaili
  • मलेसियाबाट आइपुग्यो १८ नेपालीको शव


    वैदेशिक रोजगारीका लागि मलेसिया पुगेर मृत्यु भएका १८ नेपालीको शव शनिबार नेपाल ल्याइएको छ। नेपाल एयरलाइन्सको विमानबाट विभिन्न मितिमा मृत्यु भएका उनीहरुको शव ल्याइएको हो ।

    एयरलाइन्सले सामाजिक उत्तरदायित्वअनुसार सो शव ल्याउने निर्णय गरेको थियो भने त्यसका लागि शुक्रबार एयरलाइन्सको वाइडबडी जहाज त्यसतर्फ उडेको थियो।

    यसअघि मलेसियास्थित दूतावासले मलेसियामा मृत्यु भएका नेपालीको शव ल्याउन निगमलाई आग्रह गर्दै गरेको थियो। सोहीअनुसार परराष्ट्र र पर्यटन मन्त्रालयसँग सहकार्य गरेर निगमले शव ल्याएको हो। निगमको जहाजमा ल्याइएको शव आजै आफन्तलाई जिम्मा लगाइएको छ। कतिपय आफन्त शव लिन पुगिसकेका छन् भने प्रायः आउन बाँकी नै रहेको बताइएको छ।


    क्याटेगोरी : समाज

    प्रतिक्रिया दिनुहोस