• जीवनशैली | Jiwanshaili
  • कञ्चनजङ्गा संरक्षण क्षेत्र परिषदविरुद्ध तीन मुद्दा


    फुङ्लिङ- ताप्लेजुङ कञ्चनजङ्गा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् पुनःगठन नियमावलीविपरीत समूह गठन गरेको जनाउँदै उच्च अदालत इलाममा तीन वटा मुद्दा दर्ता भएको छ । गत ज्येष्ठ २४ गते परिषद्को कार्यकाल समाप्त भएको थियो । कोरोनाका कारणले रोकिएको पुनःगठन प्रक्रिया गत पुस १७ गतेदेखि पुनःगठन शुरु भएको थियो ।

    कञ्चनजङ्गा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को गठन नियमली र तदर्थ समितिले बनाएको आचारसंहिताविपरीत समूह गठन गरेको जनाउँदै बुद्धर्धपलिङ उपभोक्ता समूहका अध्यक्ष तेञ्जीङ शेर्पा, मादिबुङ उपभोक्ता समूहका पराजित अध्यक्ष लाक्पा शेर्पा र देउराली उपभोक्ता समूहका सदस्य लाक्पा छेतेन शेपाले उच्च अदालत इलाममा गतमाघ ६ गते एकैपटक तीन मुद्दा दर्ता गरेका हुन् ।

    अन्य जिल्लामा बसोबास गर्दै आएको व्यक्ति समावेश गरेको जनाउँदै मादिबुङ उपभोक्ता समूहका पराजित उम्मेदवार लाक्पा शेर्पाले आफ्नो प्रतिबन्धित निर्वाचित केन्द्र फेम्बु, कञ्चनजङ्गा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को कार्यालय, तदर्थ समितिका संयोजक तथा संरक्षण अधिकृत गणेशप्रसाद तिवारी, कार्यालय सचिव, मनकुमार लिम्बु, तदर्थ समितिका सदस्य भरत सिं लिम्बु, नेत्रप्रसाद फेम्बु र अम्बिका श्रेष्ठलाई प्रतिपक्षी बनाएर उच्च अदालत इलाममा मुद्दा दर्ता गरेको गरेका हुन् ।

    त्यस्तै घर दूरी नएको व्यक्तिलाई मतदान गर्न दिएको भन्दै देउराली उपभोक्ता समूहका निर्वाचित अध्यक्ष केरसिङ लिम्बु, तदर्थ समिति र कञ्चनजङ्गा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को कार्यालयविरुद्ध देउराली उपभोक्ता समूहका परिजित अध्यक्ष लाक्पा छेतेन शेर्पाले मुद्दा दर्ता गराएका हुन् ।

    कञ्चनजङ्गा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को गठन नियमली र तदर्थ समितिले बनाएको आचरसंहिताविपरीत समूह गठन गरेको जनाउँदै समूह गठन भएको खारेज गरी पुनःगठन गरिपाउँ भनी उच्च अदातल इलाममा मुद्दा दर्ता गरेको तेञ्जी शेर्पाले बताए ।


    क्याटेगोरी : समाज

    प्रतिक्रिया दिनुहोस