अर्घाखाँचीमा बाबुले गरे दुई वर्षीया छोरीको हत्या
अर्घाखाँचीमा एक बाबुले आफ्नो दुई वर्षीया छोरीको हत्या गरेका छन् । जिल्लाको शीतगङ्गा नगरपालिका वडा नं. २ सीतापुरको झिर्राका स्थानीय २४ वर्षीय सन्तोष घिमिरेले आफ्नै दुई वर्षीय छोरी सृष्टि घिमिरेको डोरीले घाँटी कसेर हत्या गरेको प्रहरीले जनाएको छ ।
विगत केही महिनादेखि श्रीमानसँगको घरायसी विवादका कारण श्रीमती भने माइतमा बस्दै आएकी थिइन् । दुई वर्षीया छोरी भने बाबुसँगै बसेकी थिइन् । घटनामा संलग्न घिमिरेलाई नियन्त्रणमा लिइएको र घटनाका बारेमा थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस