फरार प्रतिवादी पक्राउ
नेपालगन्ज- चोरी र बहुविवाह मुद्दाका फरार दुई जना प्रतिवादीलाई बाँके प्रहरीले पक्राउ गरेको छ । बाँके जिल्ला अदालतबाट चोरी मुद्दामा २०७७ कात्तिक २२ गते एक वर्ष ११ महिला ३ दिनको सजाय पाएका प्रतिवादी मातादिन काँदुलाई प्रहरीले आज पक्राउ गरेको हो ।
बाँकेको जानकी गाउँपालिका–२ बस्ने ५१ वर्षीय काँदुलाई आजै जिल्ला अदालत बाँकेमा बुझाइएको छ । यसैगरी, बहुविवाह मुद्दामा २०७७ कात्तिक २० गते ११ महिना १२ दिन कैद सजाय तोकिएका फरार प्रतिवादी बाँके खजुरा गाउँपालिका–२ उढरापुर बस्ने २१ वर्षीया बिनाकुमारी खटिकलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
फरार अभियुक्त पक्राउ गर्ने अभियानअन्तर्गत हालसम्म बाँके प्रहरीले ५१२ फरार प्रतिवादीलाई पक्राउ गरिसकेको बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले बताए । यसैबीच बाँके प्रहरीले एक ग्राम ब्राउसुगरसहित रझेना निवासी २२ वर्षीय होमबहादुर सार्कीलाई पक्राउ गरेको छ । प्रहरीले नेपालगञ्जको जमुनहास्थित चेकपोष्टमा जाँचका क्रममा सार्कीलाई ब्राउन सुगर बरामद गरेको हो ।
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस