खुँडा प्रहार गरी युवकको हत्या आरोपित पक्राउ
बझाङ- खुँडा प्रहार गरी हत्या गरिएका युवकका हत्या आरोपित तीन जना पक्राउ परेका छन् । छब्बिसपाथिभेरा गाउँपालिका–३ मा रहेको बान्नीचौर माध्यमिक विद्यालयको व्यवस्थापन समितिको चुनाव सकेर घर फर्किने क्रममा मङ्गलबार साँझ भएको विवादपछि खुँडा प्रहार गर्दा वर्ष २७ का अमृत सिंहको मृत्यु भएको थियो ।
खुँडा प्रहार गर्नेमध्येका एक जना सोही गाउँपालिका–२ का वर्ष ३२ का ज्ञानबहादुर कडायतलाई मङ्गलबार नै घटनास्थलबाटै पक्राउ गरिएको थियो । सोही ठाउँका फरार रहेका अन्दाजी वर्ष ३० का प्रकाश ऐडी र केदार ऐडीलाई बुधबार थलारा गाउँपालिकाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ ।
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस