अवैध सुनसहित एक पक्राउ
डोटी- जिल्लाको केआइसिंह गाउँपालिका–६ सलेनाबाट प्रहरीले अवैध सुन र नगदसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा केआइसिंह गाउँपालिका–६ सलेनाकी काली भुल रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । कार्यालयका प्रहरी निरीक्षक कान्तिराज जोशीका अनुसार स्थानीय काली भुलका छोराले भारतबाट चोरी गरी ल्याएको सुन लुकाइछिपाइ राखेको भन्ने प्राप्त सूचनाका आधारमा उहाँको घरमा खानतलासी गर्दा एक किलो १०० ग्राम सुन तथा रु १७ लाखभन्दा बढी रकम प्रहरीले बरामद गरेको हो ।
पक्राउ परेका भुललाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय ल्याइएको प्रहरी निरीक्षक जोशीले बताए । उनले भने,“सुन र रकम ल्याउने व्यक्ति फरार छन्, घरमा भएकी आमा काली भुललाई अनुसन्धानका लागि ल्याएको छौँ, विस्तृत अनुसन्धान शुरु भएको छ ।”
सुन अन्य व्यक्तिले पनि बाडेर लगेको भन्ने सुन्नमा आएपछि प्रहरीले अन्य व्यक्तिलाई खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस