अभिभावकको चिच्याहटले बच्चाको मनोविज्ञानमा असर
साना बालबालिकाहरुले चकचक गर्नु स्वभाबिक नै हो। अभिभावक र विद्यालयका शिक्षकले बालबालिका धेरै चकचके भए भनेर उनीहरूलाई पिट्ने वा विद्यालयबाट निकाल्ने पनि गर्छन्। यसरी बालबालिकालाई गाली गरी चिच्याउनु बिल्कुलै गलत हो।
आमाबुबाको रीस देखेपछि बच्चाहरु शान्त त हुन्छन्, तर यसले तिनीहरूको दिमाग र मनोविज्ञानलाई नराम्ररी असर गरिरहेको हुन्छ। यस्तो पालन पोषणलाई हेलिकोप्टर प्यारेन्टिङ भनिन्छ। यसको धेरै बेफाइदा हुन्छ, जसले बच्चालाई दिर्घकालीन हानी पुर्याउँदछ। अभिभावकहरूले आफ्ना बालबालिका धेरै चकचके भएको, पढाइमा ध्यान नदिने, भनेको नमान्ने गरेको भन्दै गाली गर्छन्। तर यसो गरिरहँदा अभिभावकले नै बालबालिकालाई दिइरहेको वातावरण उचित नभएको हुन पनि सक्छ। यस्तो बेला अभिभावकले आफ्ना बच्चाहरुको व्यवहार अनुसार पालनपोषण गर्नु जरुरी हुन्छ।
किन बच्चाहरूसँग रीसले चिच्याएर कुरा गर्नु हुँदैन त ?
बच्चामा आत्मविश्वास कम हुन सक्छ
यदि बारम्बार आमाबुबाले आफ्ना बच्चाहरुलाई गाली गर्ने, कराउने गरेमा बच्चाको आत्मविश्वास कम हुँदै जान्छ। यदि बच्चाको आत्मविश्वास बलियो बनाउन चाहानुहुन्छ भने उनीहरुसँग मायाले फकाएर कुरा गर्नुहोस्।
बच्चाले झूट बोल्न सिक्न सक्छ
यदि तपाई साना कुराहरुमा पनि आफ्ना बच्चालाई गाली गर्नुहुन्छ वा बीचमा रोक्नुहुन्छ भने उसलाई झूट बोल्ने बानी पर्न सक्छ। यो मात्र होइन बच्चाले तपाईबाट व्यक्तिगत कुराहरू पनि लुकाउन शुरू गर्न सक्छ। जसले पछि गएर गम्भीर परिणामहरू निम्त्याउन सक्छ।
अभिभावक र बच्चाको सम्बन्धमा प्रभाव
बारम्बार चिच्याउने, गाली गर्ने वा रिसाउने बानीले बच्चाको दिमागमा नकारात्मक छविको सिर्जना गर्दछ। यस्तो अवस्थामा तपाईमा भर पर्नुको सट्टा उ साथी र अन्य मानिससँग नजिक हुन्छ र तपाईदेखि टाढिँदै जान सक्छ।
बच्चाको मानसिक विकास प्रभावित हुन सक्छ
यसले बच्चाको मानसिक विकासलाई असर गर्छ, र उसको सम्झने बानी पनि कमजोर हुँदै जान सक्छ। यो मात्र होइन बच्चाहरू आफ्नै निर्णय लिन पनि असमर्थ हुन सक्छन्। धेरै पटक बच्चाहरूको हरेक गतिविधिमा निगरानी गर्दै जाने हो भने उनीहरुले चालाखी पनि सिक्न सक्छन्, जुन राम्रो भने होइन।
स्वभावमै आक्रामकता
धेरै पटक बच्चालाई आवेगमा आएर वा क्रोधित भएर चिच्याउने र गाली गर्नाले उनीहरुमा आक्रामक व्यवहारको विकास हुन जान्छ। बिस्तारै, तपाईंको रीसलाई बच्चाले बेवास्ता गर्दै जान सक्छ। र पछि बच्चाले तपाईको बोली र रीसलाई ध्यान नदिई आफ्नै पारामा लाग्न सक्छ।
क्याटेगोरी : स्वास्थ्य शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै



प्रतिक्रिया दिनुहोस