घुर ताप्ने क्रममा तीन घर जलेर लाखौँको क्षति
जलेश्वर- महोत्तरीको सदरमुकाम जलेश्वर नगरपालिका–४ सुगा गाउँमा आज दिउँसो आगलागी हुँदा तीन घर जलेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार घुर ताप्ने क्रममा हावा चलेर आगोको झिल्को उडेर घरमाथि पर्दा स्थानीय महेन्द्र ठाकुर, रामप्रगास ठाकुर र बौवालाल ठाकुरको फुसको घर जलेर लाखौँको क्षति भएको छ ।
सो आगलागीमा महेन्द्रको घरभित्रको नगद, अन्न, लत्ताकपडा, भाँडाकुडासहित एउटा गाई जलेर मरेको छ भने दुईवटा गाईलाई आगोले पोलेको छ । रामप्रगास र बौवालालको घरभित्र रहेका नगद, अन्नपात, लत्ताकपडा र भाँडाकुडासहित जलेर नष्ट भएको छ ।
सो आगलागीबाट तीन लाख २० हजार मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगलागी नेपाल प्रहरी, सशस्त्र प्रहरी र जलेश्वर नगरपालिकाको बारुणयन्त्रको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस