१४ शहरमा वर्ल्डलिङ्कले डेटा सेन्टर बनाउने
काठमाडौँ- निजी क्षेत्रको इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेशनले देशका विभिन्न १४ शहरमा डेटा सेन्टर निर्माण गर्ने भएको छ । कम्पनीले बिहीबार पत्रकार सम्मेलन गरेर सात प्रदेशका विभिन्न १४ शहरमा डेटा सेन्टर स्थापनाको तयारी भएको जनाएको हो ।
डेटा सेन्टर निर्माणका लागि रु तीन अर्बको अनुमान गरिएको वर्ल्डलिङ्कका अध्यक्ष दिलीप अग्रवालले जानकारी दिए । उनका अनुसार उक्त डेटा सेन्टरमा ६ मेगावाटको बिजुली, ५०० भन्दा बढीको र्याक राखिनेछ भने दुई वर्षदेखि तीन वर्षभित्र सबै डेटा सेन्टर स्थापना गरिसक्ने योजना छ ।
सातै प्रदेशमा एक/एक सेन्टर स्थापना गर्ने लक्ष्यसाथ काठमाडौँमा सबैभन्दा ठूलो र काठमाडौँको विकल्पको रुपमा भरतपुरमा रहनेछ । तीन मेगावाट, ३५० मा र्याक काठमाडौँमा राखिनेछ भने भरतपुरमा ५०० किलोवाट र एक सयवटा र्याक राखिनेछ । यसैगरी, पोखराको लेखनाथ, बुटबल, हेटौंडा, भक्तपुर, दुहवी, वीरगन्जमा २५० देखि ३५० र्याकका डेटा सेन्टर र ढल्केबार, अत्तेरिया, भैरहवा, कोलहपुर, सुर्खेत र काठमाडौँमा साना र्याक बन्नेछन् ।
कम्पनीले डेटा सेन्टरका लागि काठमाडौँ र चितवनमा जग्गा किनेर डेटा सेन्टर बनाउने काम सुरु भइसकेको जनाएको छ । सरकारले डिजिटल नेपालको अवधारण ल्याएको भन्दै उक्त योजनालाई सफल बनाउन डेटा सेन्टर स्थापना गर्न लागिएको अध्यक्ष अग्रवाल बताउँछन् । उनले प्रत्येक प्रदेशको डाटा प्रदेशमा नै राख्न डेटा सेन्टर बनाउन आवश्यक रहेको बताए । स्थापनाको २५ वर्ष पूरा गरेको वर्ल्डलिङ्कले हाल चार लाख आठ हजार घरधुरीमा इन्टरनेट पुर्याइसकेको जनाएको छ ।
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस