थापामगरको हत्या आरोपमा पक्राउ
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले राष्ट्रिय अनुसन्धान विभागका सहायक सूचक प्रवीण थापामगरको हत्यारा आरोपमा आज एकजनालाई पक्राउ गरेको छ ।
ब्युरोको टोलीले बाँकेको नेपालगञ्जमा कार्यरत २७ वर्षीय थापामगरको हत्यामा संलग्न भएको आरोपमा नेपालगञ्ज उपमहानगरपालिका–६ का १८ वर्षीय विवेक परियारलाई आज पक्राउ गरेको हो । ब्युरोका प्रवक्ता, प्रहरी उपरीक्षक गङ्गा पन्तले माघ २ गते हत्यापछि फरार रहेका परियारलाई आज भक्तपुरको चाँगुनारायणस्थित ताँथलीबाट पक्राउ गरिएको जानकारी दिए । हत्या भएका थापामगरको शव नेपालगञ्ज उपमहानगरपालिका–१८ स्थित खेतबारीमा टाउको तथा अनुहारमा चोट लागेको अवस्थामा फेला परेको थियो ।
पक्राउ परियारलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि आजै जिल्ला प्रहरी कार्यालय बाँकेमा पठाउन लागिएको ब्युरोले जनाएको छ ।
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस