बच्चाको लागि फाइदाजनक छ केराको दलिया, यसरी बनाउनुहोस्
जब बच्चा ६ महिनाको हुन्छ, उसको दाँत आउन थाल्छ। यस्तो अवस्थामा बच्चाको राम्रो विकासको लागि उसको आहारमा ठोस खानेकुराहरु समावेश गर्नुपर्दछ। यसका लागि केरा खुवाउनु धेरै फाइदाजनक हुन्छ। यसले बच्चाको तौल बढाउन र विभिन्न रोगहरुबाट पनि बचाउँछ। यस्तै यसले बच्चालाई दिनभर फुर्तिलो महसुस पनि गराउँदछ। तर प्रायः बच्चाहरूले खानेकुरा खान भने मान्दैनन्। यस्तो अवस्थामा तपाईं केराको दलिया बनाएर तिनीहरूलाई खुवाउन सक्नुहुन्छ। आज हामी तपाईंलाई केराको दलिया बनाउने तरिका र यसले दिने फाइदाहरूको बारेमा बताउँछौं।
सामग्री
चामल – २ ठूलो चम्चा
स्याउँ – १ छिलेको
केरा – १
पानी – १,१ र २ कप
दलिया बनाउने विधि
१. सबैभन्दा पहिले चामललाई २-३ पटक धुनुहोस्।
२. अब स्याउको बीउ निकालेर फाल्नुहोस्।
३. स्याउ र केरालाई टुक्राहरूमा काट्नुहोस्।
४. प्रेसर कुकरमा केरा बाहेक तयार पारिएको बाँकी चीजहरु राखेर सिटी लगाउँनुहोस्।
५. सीटी लागि सकेपछि यसलाई त्यसै छाड्नुहाेस्।
६. कुकरको सिटी खुलेपछि पकाउन राखेका सबै सामाग्रीहरु राम्रोसँग पाकेको छ कि छैन जाँच्नुहोस्।
७. मिश्रणलाई चिसो बनाएर यसलाई ग्राइन्डरमा पीस्नुहोस्।
८. अब सो मिश्रणमा केरा थप्नुहोस् र पीस्नुहोस्।
९. तयार भयो तपाईको बच्चाको लागि केराको दलिया।
१०. अब दलियालाई सफा कचौरामा राखेर आफ्नो बच्चालाई खुवाउनुहोस्।
बच्चालाई केरा खुवाउने उपयुक्त समय
– ६ महिना भएपछि बच्चाहरूको दाँत आउन सुरु हुन्छ। यस्तो अवस्थामा तपाईले बच्चालाई ठोस खानेकुराहरु खुवाउन सक्नुहुन्छ। यसका लागि बच्चालाई हातले मिचेर केरा खुवाउन सक्नुहुन्छ।
– सुरुवाती चरणमा बच्चालाई २ चम्चा खुवाउन सक्नुहुन्छ।
– तर धेरै मात्रामा केरा खुवाउन भने हुँदैन। न्यथा बच्चालाई कब्जियतको समस्या हुन सक्छ।
बच्चालाई केरा खुवाउँदा हुने फाइदाहरूः
– केरामा फाइबरकोम मात्रा अधिक हुन्छ। यस्तो अवस्थामा यसले भोक कम गर्दछ र पेटलाई लामो समयसम्म भरीभरी महसुस गराउँदछ।
– तपाईंको बच्चालाई सही तौल प्रदान गर्न मद्दत पुग्दछ।
– यो खान र पचाउन सजिलो हुन्छ। यस्तो अवस्थामा तपाईले बच्चालाई दिनहुँ यसलाई पोषणको रुपमा खुवाउन सक्नुहुन्छ।
– यसले बच्चाको रोगसँग लड्ने क्षमतालाई बलियो बनाइ रोग लाग्नबाट बचाउँछ।
– क्याल्सियम युक्त केराले बच्चाको हड्डीहरूलाई बलियो बनाउन पनि मद्दत गर्दछ।
– यसमा रहेको पोटेशियम, क्याल्सियम र आइरनले बच्चाको मुटुलाई बलियो बनाउँछ।
– आइरनको उचित स्रोतको रुपमा रहेको केराको सेवनले रगतको कमीलाई घटाउन मद्दत गर्दछ।
– पौष्टिक तत्व भरपुर पाइने केराले मस्तिष्कको राम्रो विकासमा समेत मद्दत गर्दछ।
बच्चालाई केरा खुवाउनु अघि यी चीजहरूको विशेष ख्याल राख्नुहोस्ः
-६ महिनाभन्दा कम उमेरका बच्चाहरूलाई केरा खान दिनुहुँदैन।
-बच्चालाई सँधै ताजा र सफा केरा मसिनो बनाएर मात्र खुवाउनुहोस्। ताकि यो उसको घाँटीमा अड्किन नपाओस्।
-सँधै पाकेको केरा खुवाउनुहोस्। सामान्यतया, काचो केराले बच्चालाई खाने र पचाउन गाह्रो बनाउन सक्छ।
क्याटेगोरी : स्वास्थ्य शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै



प्रतिक्रिया दिनुहोस