राज्यमन्त्री मानन्धरलाई विश्व कीर्तिमानीको प्रमाणपत्र
काठमाडौं- लगातार चार घण्टा पाँच मिनेट २० सेकेण्डसम्म गीत गाएर गिनिस वल्र्ड रेकर्डस कायम गरेका शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरलाई उक्त कीर्तिमानीको प्रमाणपत्र हस्तान्तरण गरिएको छ । भारतको नयाँ दिल्लीमा आयोजित कार्यक्रममा राज्यमन्त्री मानन्धरलाई भारतका सामाजिक न्याय तथा अधिकारिकता राज्यमन्त्री रामदास आठवलेले उक्त प्रमाणपत्र हस्तान्तरण गरे ।
मन्त्री मानन्धरले गत पुस १० गते सो अवधिमा गीत प्रस्तुत गरेका थिए । कार्यक्रममा श्हरी विकास राज्यमन्त्री मानन्धरले नेपाल भारतबीच पौराणिक कालदेखि सम्बन्ध रहेको बताउँदै दुई देशबीचको सम्बन्ध थप सुमधुर बनाउन सबै पक्षले भूमिका खेल्नुपर्नेमा जोड दिए । मन्त्री मानन्धरसँग आज दिल्ली अध्ययन केन्द्रले अन्तरक्रिया आयोजना गरेको छ । भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय जोलीले कार्यक्रमको संयोजन गरेका छन् ।
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस