घरभित्र सुन गाडिएको छ भन्दै पैसासहित छोरी लिएर भागे धामी
विराटनगर- अन्धविश्वासमा परेर विराटनगरका एक परिवारले रु ५० हजार गुमाएका छन् भने घरधनीकी छोरी पनि बेपत्ता भएकी छन् ।
यही माघ १० गते तिम्रो घरमा सुन गाडिएको छ, म धामी हुँ भन्दै विराटनगर महानगरपालिका–१९ का दिनेश मण्डलले वडा नं ४ का ध्रुवनरायाण माझीको आमासँग रु ५० हजारसहित उनकी २४ वर्षीय छोरी गजेश्वरी माझीलाई पनि बेपत्ता बनाएको पीडितकी छोरा ध्रुवनारायण माझीले आज यहाँ पत्रकार सम्मेलन गरेर आरोप लगाए ।
घरको पैसा र बहिनीसमेत बेपत्ता भएपछि प्रहरीमा उजूरी दिएको र सो उजूरीको अहिलेसम्म सुनवाइ नभएको उनको आरोप छ । समाजमा धामीझाँक्रीको नाममा ठगी गर्ने यस्ता अपराधीलाई हदैसम्मको कारवाही हुनुपर्ने उनको भनाइ छ । आफू घरमा नभएको बेलामा मेरी आमालाई ललाइफकाई गरेको यस्तो कर्तुतबाट सम्पत्तिसहित बहिनी पनि हराएको पत्तो आफूले दुई दिनपछि मात्र थाहा पाएको बताउँदै उनले थाहा पाउने वित्तिकै प्रहरीमा उजूरी दिएको जानकारी दिए ।
आमालाई अनेक कुरा गरेर मोहित पार्न सफल धामी मण्डलले कलाजादु जस्तै एउटा औँठी घरबाट निकालेको र यही लोभमा परेर आमाले रु ५० हजार धामीलाई दिएको उनले बताए । धामीले भने अनुसारको सुन निकाल्न भनेपछि धामी भागेको बताइएको छ । धामीले बाहिर पूजा गर्नुपर्छ र कुमारी कन्या पनि चाहिन्छ भनेर गजेश्वरीलाई लिएर भागेको धामी अहिलेसम्म पत्तो नलागेको र प्रहरीले पनि जाहेरी कर्ताको उजूरीमा ध्यान नदिएको माझीको आरोप छ ।
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस