ट्र्याक्टरको ठक्करबाट वृद्धको मृत्यु
मकवानपुर- मकवानपुरगढीमा आज बिहान ट्र्याक्टरको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुरगढी गाउँपालिका–३ बस्ने ७० वर्षीया जुनकिरी परियार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
आज बिहान मकवानपुरढीबाट मक्रान्चुलीतर्फ जाँदै गरेको ना७त ३८३ नंको ट्र्याक्टरको ठक्करबाट परियार गम्भीर घाइते भएका थिए । उनको हेटौँडा उपमहानगरपालिका–१ स्थित सञ्चो हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिए । उनका अनुसार ठक्कर दिने ट्र्याक्टर र चालकलाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिई घटनाका विषयमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस