• जीवनशैली | Jiwanshaili
  • देशभर चिसो बढ्यो, चन्द्रागिरीमा पर्‍यो हिउँ


    काठमाडौं- अहिले काठमाडौं उपत्यकमा पानी परिरहेको छ । उपत्यका आसपासका क्षेत्रमा हिउँ परिरहेको छ। बिहानैदेखि बढेको चिसोका कारण चन्द्रागिरीमा पनि हिउँ परेको छ।

    पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण शनिबार बढी चिसो भएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार शनिबार प्रदेश १ का धेरै स्थानहरु तथा प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा हल्का वर्षा भइरहेको छ।

    यस्तै देशका उच्च पहाडी र हिमाली भू–भागका केही स्थानमा हल्का देखि मध्यम हिमपात भइरहेको महाशाखाले जनाएको छ। महाशाखाले राति पनि केही स्थानमा वर्षा र उच्च पहाडी भू–भागमा हिउँ पर्ने जनाएको छ।


    क्याटेगोरी : समाज

    प्रतिक्रिया दिनुहोस