• जीवनशैली | Jiwanshaili
  • उपत्यकाका ट्याक्सी व्‍यवसायी आन्दोलित


    काठमाडौं- यतिबेला उपत्यकाका ट्याक्सी व्‍यवसायीहरु आन्दोलित भएका छन्। शनिबार आफ्ना ट्याक्सीसहित र्‍याली निकालेका व्‍यवसायीहरूले भाडादर बढाउन माग गर्दै आन्दोलित भएका हुन्।

    व्‍यवसायीहरूले सरकारसँग भाडाको उचित रुपमा समायोना गर्न र बन्द हड्तालको नाममा ट्याक्सी लगायतका सार्वजनिक यातायातका साधनमा तोडफोड र आगजनी गर्ने कार्य बन्द गरिनुपर्ने पनि माग गरेका छन्।

    ट्याक्सी क्षेत्रलाई धराशायी बनाउने अवैध गतिविधि बन्द गरिनुपर्ने माग पनि राखिएको छ। ट्याक्सी व्यवसायीहरु नेपाल राष्ट्रिय मिटर ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजको आयोजनामा काठमाण्डौ उपत्यकाको विभिन्न स्थानबाट र्‍यालीसहित माइतीघर मण्डलामा भेला भएका थिए।


    क्याटेगोरी : समाज

    प्रतिक्रिया दिनुहोस