• जीवनशैली | Jiwanshaili
  • भारतको उत्तराखण्डमा हिमताल विष्फोटः डेढ सय मानिसको मृत्युको आशङ्का


    एजेन्सी- भारतको उत्तराखण्डमा आइतबार बिहान हिमताल विष्फोट भएको छ । विष्फोटका कारण कम्तीमा डेढ सयले ज्यान गुमाएको हुनसक्ने उत्तराखण्डका मुख्य सचिव ओम प्रकाशले बताएका छन् ।

    एक्कासी भएको विष्फोटले कसैलाई सूचित हुन समेत जानकारी नभएको बताइएको छ । हिमताल विष्फोट हुँदा रैणी गाउँमा रहेको ऋषि गङ्गा तपोवन हाइड्रो प्रोजेक्टको बाँध पनि भत्किएको छ । हिमताल विष्फोटपछि बाढीको जोखिममा पौरी, टिहरी, रुद्रप्रयाग, हरिद्वार र देहरादुनलगायतका जिल्लाहरू रहेको बताइएको छ ।


    क्याटेगोरी : प्रवास, समाज

    प्रतिक्रिया दिनुहोस