डाँका अभियोगमा चार युवक पक्राउ
महोत्तरी प्रहरीले डाँका अभियोगमा चार युवक पक्राउ गरेका छन् । पक्राउ पर्नेमा बलवा नगरपालिका–७ बस्ने ३८ वर्षीय विक्रु महतो कोइरी, २५ वर्षीय निरेखन मण्डल, जलेश्वर नगरपालिका–६ बस्ने २० वर्षीय जीतेन्द्र ठाकुर र महोत्तरी गाउँपालिका–३ बस्ने २० वर्षीय दिलीप मण्डल रहेको प्रहरीचौकी सीतापुर भङ्गहाले जनाएको छ ।
चारै युवकले आज बिहान १ः३० बजेतिर भङ्गहा नगरपालिकाको सिंग्याही बजारमा अवस्थित शिव ज्वेलर्समा डाँका हालेर भागेकोमा स्थानीयले एक जनालाई गए राति नै पक्राउ गरेका थिए । डाँकापश्चात् भागिरहेका तीन जनालाई आज जिल्लाकै बनौटा गाउँबाट पक्राउ गरिएको हो । पक्राउ परेका चारमाथि शिव ज्वेलर्सबाट रु दुई लाख बराबरको सुनचाँदीका गहना लुटेर भागेको आरोप लागेको छ । उनीहरुबाट अहिलेसम्म कुनै वस्तु बरामद नभएको प्रहरी नायब उपरीक्षक विष्टले बताए । पक्राउ गरिएका चारै जनामाथि आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस