ट्रक र मोटरसाइकल ठाेक्किएर दुर्घटनाः दुईको मत्यु
धादिङको थाक्रे गाउँपालिकास्थित चार किलामा आज एक आपससमा ट्रक र मोटरसाइकल ठाेक्किएर भएको दुर्घटनामा दुईको मत्यु भएको छ ।
धादिङबाट काठमाडौँतर्फ जाँदै गरेको प्र ३ ०२ ००९प ८२३० नम्बरको मोटरसाइकल र विपरीत दिशातर्फ जाँदै गरेको ना १ क ६५४७ नम्बरको ट्रकसँग ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटनामा धादिङको नीलकण्ठ नगरपालिका–५ का ६० वर्षीय बलराम अधिकारी र छोरा ३० वर्षीय डा सुरेश अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक महेन्द्र खड्काले बताएका छन् ।
दुर्घटनापछि मोटरसाइकलमा आगलागी भएको छ भने मोटरसाइकल चालक डा अधिकारी र उनका बाबु घाइते भएका थिए । घाइतेको उपचारका लागि लाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । सवारी साधन ओभरटेक गर्न लाग्दा दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् ।
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस