मृत्युपछि शरीर दान गर्ने सत्यमोहन जोशी दम्पतिको घोषणा
काठमाडौं- शताब्दी पुरुष सत्यमोहन जोशी र उनकी पत्नी राधादेवी जोशीले मृत्युपछि आफ्नो शरीरको अंग दान गर्ने निर्णय गरेका छन् । जोशी दम्पतीले मृत्युपछि आफूहरुको शरीर किस्ट अस्पतालद्वारा सञ्चालित मेडिकल कलेजलाई दान गर्ने निर्णय गरेका हुन् । अहिले किस्ट अस्पतालले जोशी दम्पतीको निःशुल्क हेरचाह गरिरहेको छ ।
सय वर्ष उमेर नाघेर बाँचेको मानिसको शरीरको अवस्था कस्तो हुने रहेछ भन्ने जानकारीका लागि पनि आफूले यो निर्णय गरेको जोशीले बताएका छन् । उनले भनेका छन्, ‘सय वर्षसम्म बाँचे । यति समयसम्म मेरो फोक्सोको अवस्था कस्तो थियो ? मुटुको अवस्था कस्तो रहेछ ? सबै जानकारी चिकित्सा क्षेत्रका विद्यार्थीहरुले अध्ययन गरेर पत्ता लगाउन भन्ने उद्देश्यले मरणोपरान्त अरु सबै संस्कार गरिसकेपछि शरीर दान गर्ने निर्णय गरेका हौँ।’
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस