• जीवनशैली | Jiwanshaili
  • किस डेः पार्टनरलाई दिइएको चुम्बनले तपाईंलाई स्वस्थ पनि राख्छ


    जहाँ विवाह आवश्यक छ वैवाहिक सम्बन्ध बलियो बनाउन। त्यहि समयमा प्रेम सम्बन्धको मजबुतको लागि समान रूपले महत्त्वपूर्ण र पार्टनरलाई प्रेम देखाउने उत्तम तरिका हो चुम्बन। यसले तपाईलाई माया मात्र नभई सुरक्षित पनि बनाउँदछ। तर के तपाईंलाई थाहा छ पार्टनरलाई दिइएको चुम्बनले तपाईंलाई स्वस्थ पनि राख्छ। विभिन्न अनुसन्धानका अनुसार चुम्बन गरेर तपाईं प्राकृतिक रूपमा धेरै आराम महसुस गर्नुहुन्छ। जसले धेरै रोगहरूको जोखिमबाट पनि बचाउँदछ।

    पार्टनरको चुम्बन किन फाइदाजनक छ ?
    वैज्ञानिकहरुले गरेका रिसर्च अनुसार यसले हार्मोन अक्सीटोसिनको स्तर बढाउँछ। जसको कारणले शरीरलाई प्राकृतिक रुपमै शीतलता प्रदान गर्ने हर्मोन एंडोर्फिनको मात्रा आफैं बढ्दछ। जसले गर्दा तनाव कम हुन्छ। यो मात्र होइन चुम्बनको माध्यमबाट शरीरमा रहेका जीवाणुहरु एक अर्काभित्र पस्छन् र यसले दुबैको शरीरमा प्रतिरोध क्षमतालाई बढाउन मद्दत पनि गर्दछ। साथै यसले रगतमा एपिनेफ्रिन पनि उत्पादन गर्छ, जसले एलडीएल कोलेस्ट्रोललाई कम गर्दछ।

    कसरी एक चुम्बन राम्रो सम्बन्ध र स्वास्थ्यको लागि लाभदायक छ ?

    पार्टनरलाई चुम्बन गर्दा हुने १० फाइदाहरूः

    तौल नियन्त्रण गर्न
    यद्यपि चुम्बन गर्नु कसरत त होइन तर अझै यसले तपाईको शरीरुमा रहेको क्यालोरीलाई कम गर्दछ। जसले तपाईको मोटापना कम गर्न मद्दत गर्दछ। एक शोधका अनुसार तपाईको पार्टनरलाई चुम्बन गर्दा निश्चित रूपमा १०(१५ क्यालोरी कम हुन्छ।

    खुशी हार्मोनलाई बढाउन
    चुम्बनले तपाईको मस्तिष्कमा भ।ट्का दिन्छ र खुशी हार्मोनको स्तर द्रुत रूपमा बढाउँछ। यसले तपाईलाई धेरै आनन्द र हल्का महसुस गराउँदछ।

    तनाव कम हुन्छ
    चुम्बनले शरीरमा ऑक्सीटोसिन, डोपामेन र सेरोटोनिन हर्मोनहरूलाई उत्पन्न गर्दछ जसबाट तनाव, पीर र चिन्ता कम गर्दछ। यसले स्वास्थ्य र सम्बन्धमा सकारात्मक प्रभाव पनि पार्दछ।

    आत्मविश्वास बढाउँछ
    जब तपाईं पार्टनरलाई ‘आइ लभ यू’ भन्दै अंगालो हालेर आफ्नो माया दर्साउनुहुन्छ, तब यसो गर्दा मानसिक रुपमा आराम दिन सकिन्छ। वास्तवमा यो खुशी हुने राम्रो माध्यम हो। जब तपाईं खुशी हुनुहुन्छ, तपाईंको आत्मविश्वास पनि बढ्दै जान्छ।

    रक्तचाप सामान्य रहन्छ
    पार्टनरलाई चुम्बन गर्दा मुटुको दर बढ्छ, रक्त नलीहरू पातलो हुन्छन्, जसले रक्त संचार बढाउँदछ। यसबाट रक्तचाप तुरून्त घटाउन थाल्दछ। अर्थात् चुम्बन तपाईको मुटुको लागि पनि राम्रो हो।

    शरीरको ऐंठनबाट राहत
    वास्तवमा चुम्बनले रक्त संचारको गतिलाई तीव्रता प्रदान गर्दै शरीरमा ऐठन हुने समस्यालाई हटाउँदछ। जब महिनावारी हुँदा या व्यायाम गरेपछि तपाईंले ऐठन हुन्छ भने यसतो समयमा आफ्नो साथीलाई चुम्बन गर्नुपर्छ।

    टाउको दुखाइ कम गर्न
    यदि तपाईंको साथीको टाउको दुखिरहेको छ भने उसलाई अंकमाल गरेर उसको निधारमा चुम्बन गर्नुहोस्। यसले तपाईको सम्बन्धलाई बलियो मात्र बनाउँदैन, यसले टाउको दुखाई छुमन्तर हुन्छ। चुम्बनले गर्दा रक्त नलीहरूमा फैलावट आई टाउको दुख्ने समस्याबाट राहत प्रदान गर्छ।

    एलर्जी हुने सम्भावना कम हुन्छ
    साथीलाई चुम्बन गर्दा रगतमा एलजीई एंटीबॉडीजहरूको स्तर कम हुन्छ, जसले हिस्टामाइनको स्राव हुन्छ। यसबाट तपाईंलाई हाछ्यू र आँखाबाट पानी आउने एलर्जीलाई रोक्छ। त्यसैले तपाई आफ्नो सम्बन्धलाई सुदृढ पार्न र शरीरमा उर्जा बढाउन चसम्बन गर्न सक्नुहुन्छ।

    चम्किलो अनुहारको लागि
    अनुसन्धानका अनुसार चुम्बन गर्दा तपाईंको अनुहारको ३ भन्दा बढी मांसपेशिहरू सक्रिय हुन्छन्, जसले अनुहारको व्यायाम जस्तो काम गर्दछन्। यस कारणले अनुहारको रक्त संचारमा तीव्रता आइ अनुहार उज्यालो र चम्किलो राख्छ।


    क्याटेगोरी : स्वास्थ्य शैली

    प्रतिक्रिया दिनुहोस


    थप समाचार