मोटरसाइकल चोरीका अभियुक्त पक्राउ
मकवानपुर जिल्ला प्रहरी कार्यालयले चोरी भएको मोटरसाइकलमा संलग्न तीन जनालाई मोटरसाइकलसहित पक्राउ गरी आज कारबाही प्रक्रिया शुरु गरेको छ । हेटाैंडा उपमहानगरपालिका–१५ का शेरबहादुर पाख्रिनको वाग्मती प्रदेश ०३–००२ ५०५१६ नंको चोरी भएको मोटरसाइकलसहित तीन जनालाई पक्राउ गरेको प्रहरीले जनाइएको छ ।
पक्राउ पर्नेमा सर्लाहीको वाग्मती गाउँपालिका–१२ का २० वर्षीय टेकबहादुर गोले, सर्लाही लालबन्दी नगरपालिका–१४ का २७ वर्षीय जनक तामाङ र सिन्धुली मरिण गाउँपालिका–८ बस्ने २० वर्षीय निकेश वाइवा पक्राउ परेको सो प्रहरी कार्यालयका प्रहरी उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए । चोरीमा संलग्न रहेका सिन्धुली मरिण गाउँपालिकाका सुरज तामाङको खोजतलास जारी रहेको उनले भने । पक्राउ परेकाहरुमाथि मुद्दा दर्ता गरी आवश्यक कारवाही र अनुसन्धान प्रक्रिया शुरु भएको बताइएको छ ।
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस