• जीवनशैली | Jiwanshaili
  • रायमाझी कुलदेवतामा नयाँ कार्यसमिति


    रायमाझी बन्धुहरूको राष्ट्रिय संस्था ‘रायमाझी कुलदेवता समिति’मा नयाँ कार्यसमिति गठन भएको छ ।

    फागनु १ गते भएको पदाधिकारी तथा सदस्यहरूको निर्वाचनमा अध्यक्ष वीरविक्रम रायमाझीसहित सबैजना निर्विरोध निर्वाचित भएका हुन् ।यस्तै वरिष्ठ उपाध्यक्षमा वसन्तकुमार रायमाझी, उपाध्यक्षहरूमा टेकवीरजंग रायमाझी र हिक्मतबहादुर रायमाझी चयन भएका छन् ।

    महासचिवमा लक्ष्मणबहादुर रायमाझी, सचिवमा प्रकाशबहादुर रायमाझी, कोषाध्यक्षमा रमेशजंग रायमाझी, सहकोषाध्यक्षमा बोमबहादुर रायमाझी, सहसचिवद्वयमा ओमबहादर रायमाझी र हरिकुमार रायमाझी रहेका छन् । यस्तै सदस्यहरूमा गोपालबहादुर रायमाझी, निरबहादुर रायमाझी, भरतजंग रायमाझी, कमला रायमाझी, भरतजंग रायमाझी, अम्बरबहादुर रायमाझी, बालाजी रायमाझी तथा विष्णु रायमाझी रहेका छन् । समितिको संरक्षकमा खेमबहादुर रायमाझी रहेका छन् ।

    कार्यक्रममा एक दर्जनभन्दा बढी रायमाझी बन्धुका युवा विद्यार्थीलाई छात्रवृत्ति तथा सम्मान प्रदान गरिएको थियो । संस्थाले बन्धु एकता तथा परोपकारी कार्य सञ्चालन गर्दै आएको छ ।

     


    क्याटेगोरी : समाज

    प्रतिक्रिया दिनुहोस