• जीवनशैली | Jiwanshaili
  • भागरथी हत्या प्रकरणः सार्वजनिक पद धारण गरेका पुरुष पक्राउ


    बैतडी- बैतडीको दोगडाकेदार गाउँपालिकाकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या प्रकरणमा कञ्चनपुरको महेन्द्रनगरबाट एक जना पक्राउ परेका छन् । जिल्लाको भीमदत्त नगरपालिकाको ऐठपुरबाट पक्राउ गरी बैतडी प्रहरीको जिम्मा लगाएको कञ्चनपुर प्रहरी स्रोतले जनायो ।

    पक्राउ परेका पुरुष सार्वजनिक पद धारण गरेका व्यक्ति हुन् भने उनको घर दोगडाकेदार गाउँपालिका नै हो । उनी भागरथीको हत्या भएको केहीदिनपछि बैतडीबाट महेन्द्रनगर आएका थिए ।

    डेढ दर्जन संग्दिध व्यक्तिमाथि प्रहरीले निगरानी राखेको छ । दोगडाकेदार गाउँपालिका-७ चडेपानीकी भागरथी भट्ट २१ मघमा विद्यालयबाट घर फर्किने बेला बेपत्ता भएकी थिइन् । उनको शव माघ २२ गते बलात्कारपछि हत्या गरेको अवस्थामा फेला परेको थियो ।


    क्याटेगोरी : समाज

    प्रतिक्रिया दिनुहोस