आगलागीमा परी लाखौँ क्षति
महोत्तरीको भङ्गहा नगरपालिका–९ स्थित राजेशचन्द्र यादवको घरमा आज आगलागी हुँदा मोटरसाइकलसहित लाखौँको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार आज अपराह्न राजेशको घरमा चुलोबाट आगो सल्किएर आगलगी हुँदा घरमा रहेको अन्नपात, भाँडाकुडा, लत्ताकपडा र ज११प ५६२८ नम्बरको मोटरसाइकललगायत वस्तु जलेर नष्ट भएको छ ।
पीडित परिवारका अनुसार घरसहित घरभित्र रहेका अन्नपाती, भाँडाकुडा, लत्ताकपडा र ज११प ५६२८ नम्बरको मोटरसाइकल, केही नगद र केही गरगहनासमेत गरी सबै थोक पूर्णरुपमा जलेर नष्ट हुँदा रु पाँच लाख बढीको क्षति भएको छ । उक्त आगलागी प्रहरीचौकी सीतापुरबाट खटि गएका प्रहरी टोली र स्थानीयको सहयोगमा नियन्त्रणमा आएको थियो ।
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस