बेपत्ता किशोर दश दिनपछि भेटिए
दमौली- व्यास नगरपालिका–४ सिमलटार बस्ने १७ वर्षीय ईश्वर क्षेत्री दश दिनपछि फेला परेका छन् । गत माघ २६ गतेदेखि बेपत्ता भएका उनी बुधबार पोखरामा फेला परेका हुन् । किशोर बेपत्ता भएकोबारे रासस समाचार प्रकाशित भएको थियो ।
क्याम्पस जान घरबाट हिँडेका उनी क्याम्पस नगइ बेपत्ता भएका थिए । सिमलटारस्थित मामाघर बसेर पढ्दै आएका ईश्वर बेपत्ता भएपछि दाजु सन्तोषले प्रहरीमा उजूरी गरेका थिए । वीरता टोल विकास संस्थाका अध्यक्ष सरोज बस्नेतले पोखरामा फेला परेपछि ईश्वरलाई घर ल्याइएको जानकारी दिए ।
ईश्वरका दाजु सन्तोषले बेपत्ता भाइ फेला परेकामा खुशी व्यक्त गर्दै भने, “भाइले पोखरामा दाइहरुसँग गएर बसेको थिएँ भनेको छ, अरु कुरा खासै सोधेको छैन । भाइ भेटियो खुशी छौ ।”
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस