• जीवनशैली | Jiwanshaili
  • लाकुरी भञ्ज्याङको वनभोज स्थलमा युवक मृत फेला


    ललितपुरको लाकुरी भञ्ज्याङको वनभोज स्थलमा एक युवक मृत फेला परेका छन् । ललितपुरको महालक्ष्मी नगरपालिका–१० लाकुरी भञ्ज्याङस्थित वनभोज स्थलमा गोदावरी नगरपालिका–२ त्रिवेणी बस्ने ४० वर्षीय राजु तामाङ मृत फेला परेका हुन्। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    यसैबीच तारकेश्वर नगरपालिका–७ स्थित भूपू सैनिकटोल घर भएका नानीकाजी बोहराको घरबाट गएराति रु एक लाख ५० हजार नगदसहित सुनका गहना गरी करीब रु पाँच लाख ५३ हजार बराबरको धनमाल चोरी भएको छ । चोरीमा संलग्न व्यक्तिको खोजी गर्नुका साथै घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।


    क्याटेगोरी : समाज

    प्रतिक्रिया दिनुहोस