अनुदानमा ९० किसानलाई हाते ट्र्याक्टर
लमजुङ- पहाडी जिल्ला लमजुङमा अनुदानमा यहाँका ९० जना किसानलाई हाते ट्र्याक्टर वितरण गरिएको छ । कृषिमा यान्त्रीकरण गरी लागत घटाउने र उत्पादन बढाउने उद्देश्यले जिल्लाको बेंसीशहर नगरपालिकाले नगरभित्रका ९० जना किसानलाई आज हाते ट्र्याक्टर वितरण गरेको हो ।
नगर प्रमुख गुमानसिंह अर्यालले किसानलाई ट्र्याक्टर वितरण गर्दै कृषिमा यान्त्रीकरण गरी लागत घटाउन र कृषि क्षेत्रलाई प्रविधिमैत्री बनाउन नगरपालिकाले किसानलाई हाते ट्र्याक्टर वितरण गरेको बताए । उनले नगरपालिकाले अनुदानमा किसानलाई हाते ट्र्याक्टर उपलब्ध गराएपछि बाँझो जग्गा प्रयोगमा आउन थालेको बताए । वैदेशिक रोजगारको सिलसिलामा विदेश पलायन भएर गाउँ फर्किएका युवालाई गाउँमै स्वरोजगार बनाउने र जनशक्तिको अभावमा गाउँमा बाँझो रहेका जग्गालाई पुनःप्रयोगमा ल्याउन हाते ट्र्याक्टर प्रभावकारी भएको नगरप्रमुख अर्यालले बताए ।
यस नगरपालिकाले चालू आर्थिक वर्षमा विनियोजन गरेको रु २५ लाख २० हजार बजेटमा ट्र्याक्टर खरीद गरी किसानलाई वितरण गरेकोे नगरको कृषि शाखा प्रमुख सूर्यप्रसाद सेढाईंले बताए । नगरपालिकाले यस वर्ष तीन प्रकारको हाते ट्र्याक्टर वितरण गरेको छ । नगरपालिकाले यस वर्ष सात हर्सपावर डिजेल वाला, सात हर्स पावर पेट्रोल वाला र छ हर्सवापरको गरी तीन प्रकारको ट्र्याक्टर वितरण गरेको छ । रु ५० हजार मूल्य पर्नेमा ५० प्रतिशत अनुदानमा रु २५ हजार किसानको रु २५ हजार नगरपालिकाको, रु ६० हजार र रु ७० हजार पर्नेमा रु २८ हजार नगरपालिकाको र बाँकी किसानको गरी वितरण गरेको कृषि शाखा प्रमुख सूर्यप्रसाद सेढाईंले बताए ।
गत वर्ष माग भई आएका सबै १०६ किसानलाई ५० प्रतिशत अनुदानमा हाते ट्र्याक्टर विरतण गरेको थियो । यस वर्ष भने हाते ट्र्याक्टरका लागि ३०० जना किसानको आवेदन परेकामा ९० जनालाई मात्र विरतण गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले मिनिटिलर वितिरणसँगै भाडामा एकरुपता ल्याउन मिनिटिलरको भाडासमेत निर्धारण गरेको छ । पछिल्लो समय गोरु पाउन गाह्रो, युवा पुस्ता वैदेशिक रोजगारमा रहेकाले गाउँमा खेतालाको अभाव हुनेलगायतका समस्याले गर्दा गाउँमा खेतीयोग्य जमीन बाँझो रहन थालेको थियो । यस ट्र्याक्टरको प्रतिघण्टा ७०० रुपैयाँ तोकिएको छ ।
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस